काठमाडौं । नेपालले आज एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार १ः४५ बजेदेखि शुरु हुने छ । यसअघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाल समुह ‘ए’ मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।
समुह ‘ए’ बाट भुटान र साउदी अरेबिया छनौंटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ । आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौंट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौंट हुने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।
नेपाली टिमः
गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
डिफेन्डरः सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
मिडफिल्डरः कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।
फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

