कालीकोटको जुम्ला सुर्खेत सडकखण्ड अवरुद्ध

विविध समाचार

काठमाडौं । कालीकोटको छारेघाट खोलास्थित जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान कालीकोटको खाँडाचक्र नगरपालिका-५ स्थित छारेघाट खोलामा सडक माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *