विदेश भ्रमणमा फजुल खर्च फस्टाउँदै

राजनीति समाचार

नेपालको अर्थतन्त्र कमजोर हुँदा अधिकांश क्षेत्रमा विकास निर्माणका कामहरु अलपत्र भइरहेका छन् । वर्षा याम लागेसँगै जताततै बाढीपहिरोले सडकहरु क्षतविक्ष भइरहेका छन् । अर्थले बजेट निकासा गरेको छैन । बजेट निकासा नहुँदा अधिकांश विकासका कामहरुपनि हुन सकेका छैन ।

आर्थिक वर्षको साउनको २० गतेसम्म बजेट निकासा नहुँदा वर्षातले क्षति पु¥याएका सडकहरु अलपत्र परिरहेका छन् । सकड मर्मत संभार नहुँदा सडकमा सवारी सधानदेखि यात्रुहरु अलपत्र परिरहेका छन् । सरकारले खर्च कटौती गर्ने भने तापनि मन्त्री, सांसद र उच्च तहका कर्मचारीहरुले विभिन्न बहानामा विदेश भ्रमण गराई राज्यको अर्बौं रुपैयाँ हिनामिना भइरहेको छ ।

सबैभन्दा बढी विदेश भ्रमण गरेर फजुल खर्च गर्नेमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र, अर्थ, भौतिक ,शहरी, संघीय मन्त्रालयका मन्त्रीदेखि सचिव र सहसचिव पर्दछन् । उनीहरुले अनावश्यक रुपमा विदेश भ्रमणको बहाना बनाएर राज्यदोहन गर्ने गरेका छन् । त्योसँगै अन्य मन्त्रालयका मन्त्री र सचिवहरुले पनि अनावश्यक कार्यक्रम खडा गरेर राज्यदोहन गर्ने गरेको पाइन्छ । कतिपय मन्त्रीहरुले श्रीमती, परिवारका सदस्य र स्वकीय सचिवलाई विदेश भ्रमण गराउन क्याविनेटमा प्रधानमन्त्रीलाई गुमराहमा पारेर जाने गरेका छन् । त्यसको पछिल्लो उदाहरण लिन सकिछ वन मन्त्री ऐनबहादुर शाहीलाई । मन्त्री शाहीले पत्नी र स्वकीय सचिवलाई मन्त्रिपरिषद्लाई ढाँटेर नर्वे भ्रमण गराउन लगेका थिए ।

अन्य मन्त्रालयका मन्त्रीहरुले समय–समयमा यस्ता काम गर्दै आएका छन् । मन्त्रीसँगै नेपाल सरकारका अधिकांश सचिवहरु पनि अनावश्यक कार्यक्रम बनाएर विदेश भ्रमण गरिरहेका छन् । तर, विकास निर्माणका काम गर्न बजेट अभाव देखाएर पन्छिने गर्दछन् ।

उता, खर्च कटौतीको नाममा सर्वसाधारणलाई सुसूचित गर्ने प्रचार–प्रसारमा विभिन्न बहाना बनाएर रकम कटौती गरिएको छ । तर, मन्त्री र सचिवहरु भने खर्च कटौती गर्नुको सट्टा अनावश्यक कार्यक्रम गर्ने र विदेश भ्रमण गर्ने गरेर राज्यको ढुकुटी रित्याउने काम गरिरहेका छन् । प्रचार–प्रसारको लागि छुट्याइएको बजेट कार्यक्रम, सेमिनार र गोष्ठी गरेर कमिसन खाने गरेका छन् । सरकारका सबै निकायमा विचौलियाको विगविगी बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *