काठमाडांै । नेपालमा महिला हक अधिकार र मानव अधिकारको बारेमा बखान जति गरिएता पनि पछिल्लो समयमा त्यो लागू हुन सकेको छैन । लागू भएता पनि महिलाहरुले नै उल्लघंन गरिरहेका छन् । नेपाली समाजमा महिला हिंसाले सीमा नाघेको छ । महिला हिंसाकै कारण नेपाली दिदीबहिनीहरु अनाहकमा ज्यान गुमाउन बाध्य भएका थुप्रै उदाहरणहरु हामीसामु छर्लङ्गै छन् । खासगरी यौन हिंसा, घरेलु हिंसा, बोक्सीको आरोप र घरेलु कामदारको सिलसिलामा विदेशमा रहेका नेपाली महिलाहरु पीडित हुने गरेका छन् ।
त्यसको गतिलो उदाहरण बनेको छ चितवनको माडीमा एक एकल महिलालाई बोक्सीको आरोपमा हत्या गरिएको घटना । ती एकल महिलालाई उनको शरीरमा जिउँदै आगो लगाएर निर्मम तरिकाले हत्या गरिएको थियो । चितवनस्थित माडीको सो घटनाकोबारेमा मात्र नभएर विश्वकै अमानवीय र त्रूmर्रुर कार्य भएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
चितवनको उक्त घटनाको विश्वका ख्याति प्राप्त अन्तर्राष्ट्रिय मिडिया सीएनएन, अलजजिरा र बीबीसीले भत्र्सना गर्दै उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए । उक्त कहाली लाग्दो र त्रूmर्रुर घटनालाई पर्दामा उतारेर समाजमा जनचेतना उजागर गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिला महिलाहरु, सीएनएन हिरो अनुराधा कोइला, पुष्पा बस्नेत र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामाद्वारा सम्मान प्राप्त महिला चरिमाया तामाङ्गको विशेष भूमिका रहेको फिल्मस एण्ड इन्टरटेन्मेन्टद्वारा चलचित्र ‘रक्तभोग’ निर्माण गरिएको छ । सो चलचित्र महिला हिंसा र बोक्सी प्रथा प्रभावित जिल्लाहरुमा जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको हो ।
महिला हिंसाविरुद्ध जनचेतना जगाउने महान उद्देश्य राखेर निर्माण गरिएको उक्त चलचित्र ‘रक्तभोग’ रकम अभावका कारण प्रभावित जिल्लामा पु¥याउन नपाउँदा अत्यन्तै दुःख लागेको छ । ‘जसोतसो ऋण गरेर सिनेमा त बनाएँ, तर खर्च अभावका कारण प्रभावित क्षेत्रमा लगेर समाजमा जागरण अभियान चलाउन पाइँन,’ चलचित्रका कार्यकारी निर्माता कृष्ण राज तिवारीले बताए । तिवारी थप भन्छन, ‘जागरण अभियानको लागि मन्त्रालय, सरकारी कार्यालयदेखि एनजीओ, आईएनजिओलगायतका संघसंस्थाहरुमा धाएँ । सबैले खुलेर प्रसंसा गर्नुभयो तर सहयोग कसैले गरेनन् ।’
महिला हिंसा विरोधी जनचेतनामूलक चलचित्र ‘रक्तभोग’ के.आर. फिल्स एण्ड इटरटेनमेन्टको ब्यानरमा बनेको हो । वीवी फुयालले निर्देशन गर्नुभएको उक्त चलचित्रका क्यामेरामेन पवन गौतम रहेका छन् । चलचित्रमा कलाकारहरु शारिका घिमिरे, शैलेस पौडेल, रचना पौडेल, ज्योति सापकोटा पोदराज पौडेल, रामचन्द्र लम्साललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। चलचित्र रक्तभोगले युनिभर्सल सर्टिफिकेट पनि प्राप्त गरिसकेको छ ।

