काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा पुनःस्ववियु चुनाव स्थगित भएको छ ।
५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको निर्वाचन विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको हो । मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको समितिले जारी गरेको सूचनामा जानकारी गराएको छ ।

