काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादनमा एमआरपी नलगाई कारोबार गरिरहेका उद्योग तथा फर्मलाई जरिवाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३र३ लाख रुपैयाँ जरिबाना तिराएको हो । साथै विभागले दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।
यस्तै ललितपुर– ५ मा रहेको मटर्निटी पसल प्रालिलाई १५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

