काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले आजबाट साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले बुधबार जारी गरेको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । जसमा पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो ।

