काठमाडौं । नेपाल विभिन्न धर्म, जातजाती र समुदायले भरिएको साझा फुलबारी हो । सोे फुबारीमा विभिन्न भेषभुसा र आ–आफ्नो धर्म संस्कृति अनुसार चल्ने गरेको छ । त्यहीं धर्म, संस्कृति अनुसार चल्ने भएकोले नेपाललाई साझा फुलबारी भन्ने गरिन्छ । त्यहीं अनुसार श्री बौद्वनाथ गुठीको संयोजकत्वमा रोपाइँ जात्रा तथा घोनाई जात्रा आईतबारदेखि शुरु भएर २६ गते सम्पन्न गरेको छ । सो जात्रामा विभिन्न जातजाती, धर्म, संस्कृति रितिरिवाज अनुसार विभिन्न नाच, गान र भेषभुसा सहित सम्पन्न भएको थियो । जात्रा हेर्नेहरुको भिड पनि त्यत्तिकै थियो ।
सो जात्रामा हल,गोरु, युवा बाउसे, रोपार बालरोपार, बाल बाउसे, हास्यव्यङ्ग्य, लाखे नाच, घोडा दौड, घिनताङ बाजा लगायतका विभिन्न झाँक्री सहित सहभागी भएको थियो । रोपाइँ तथा घोनाई जात्रा अवलोकन गर्नको लागि विदेशी पर्यटकदेखि स्वदेशीसम्मको ठूलो घुइँचो रहेको थियो ।
सो जात्रा मल्लकालीन राजा प्रताप मल्लले सन् १६४१ देखि १६७४ सम्म गाई जात्रा सञ्चालन गर्दै आएको इतिहासलाई आधार मानेर सो जात्रा स्थापन गरिँदै आएको छ । राजा प्रताप मल्लको छोरा चक्रवती मल्लको कलिलै उमेरमा निधन भएकोले पुत्र शोकबाट भावविहील रानी अनन्तप्रियालाई सान्त्वना दिनको लागि राजा प्रताप मल्लले सो जात्राको थालनी गरिएको भन्ने भनाइ इतिहास विज्ञहरु बताउँछन् ।
बौद्वको सन्दर्भमा भन्नुपर्दा दिवंगत भएका आफन्तको आत्मा शान्तीको लागि घरघरबाट बाउसे, रोपार बनाईं सहभागि गराउने चलन चलेको पाइन्छ । राजा प्रताप मल्लले गाई जात्रा चलाएको भनिएतापनि जयन्ती मल्लको समयभन्दा पहिले नै गाई जात्राको सुरुवात भएको इतिहास रहेको पाइन्छ । कान्तिपुरका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगदप्रकाश मल्ल र ललितपुरका राजा सिद्विनरसिंह मल्लको बेलादेखि गाई जात्राको थालनी गर्दै बाजागाजा सहित संस्कार थपिदिएको पाइन्छ । गाई जात्रा तथा रोपाइँ जात्रा शोकमा परेका समुदायहरुलाई हाँसोमा परिणत गर्नको लागि पनि सो जात्रा मनाउँदै आएको इतिहासकारहरु बताउँछन् ।
नेपाली धर्म, संस्कृति अनुसार शोकसँगै हाँसोमा परिणत हुने गरेको छ । त्यसले गर्दा बौद्व, तामाङ, कल्याण गुठी संयोजकत्वमा काठमाडौं महानगरपालिको–६ को विशेष सहयोगमा भव्यसब्य, मर्यादित र व्यवस्थित बनाई गाई जात्रा सम्पन्न गरेको छ । सो गाई जात्रामा विभिन्न भेषभुसा सँगै झाँक्री नाच प्रदर्शन गर्ने कलाकारहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । प्रथम, दितीय, तृतीय हुने हरुलाई पुरस्कार वितरण गरिएको थियो ।

