काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा आज सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री सुरु गर्दा चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ।
कम्पनीले एक सय रुपियाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपियाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ। हकप्रदका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो।कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

