इन्जिनियरहरुकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु मालामाल हुन थालेका छन् । इन्जिनियरिङ पेशामा जागिर खानेहरुको लर्को पनि त्यत्तिकै बढिरहेको छ । कोही घरको नक्सा बनाउने, कोही सडको डिजाइन गर्ने, कोही जग्गाको नक्सा डिजाइने गर्ने गर्दछन् । यस्ता इन्जिनियरहरुबाट कतिपय सर्वसाधारणले लाभ लिएका छन् भने कतिपयले हानीनोक्सानी बेहोर्दै आएका छन् । अहिले तीनै तहको सरकारमा जागिर खाने इन्जिनियरहरुको बिगविगी बढीरहेको छ ।

उनीहरुले घरको नक्सा डिजाइन गर्नेदेखि भौतिक संरचनाको डिजाइन गर्ने गरेका छन् । तर, कतिपय इन्जिनियरहरुले घर र भौतिक संरचनाको डिजाइन गर्दा महंगो शुल्क असुल्ने गरेका छन् । तीनै तहका जनप्रतिनिधिहरुले काम गर्दा इन्जिनियरहरुको सहारा लिनुपर्ने हुन्छ । इन्जिनियरहरुको डिजाइन अनुसार जनप्रतिनिधिले काम गर्ने गरेका छन् । इन्जिनियरहरुको डिजाइनमा भएको इस्टमेटमा चल्दा जनप्रतिनिधिहरु भ्रष्टाचारको मुद्दा खेप्न वाध्य भइरहेका छन् । यतिबेला स्थानीय पालिकाहरुबाट घर सम्पन्न भएको कागज लिनको लागि लाखौं रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । किन कि पहिला–पहिला घर निर्माण गर्दा सजिलै तरिकाले काम हुने गर्दथ्र्यो ।

तर, अहिले मुलुकमा तीन तहको सरकार बनेपछि जनप्रतिनिधिभन्दा कर्मचारी हावी हुँदा सेवाग्राहीहरु मारमा परिराखेका छन् । कतिपय इन्जिनियरहरुले त आफ्ना आसेपासे र ठेकेदारहरुलाई प्रयोग गरेर विकास निर्माणको डिजाइन गर्ने र उनीहरुलाई नै काम दिने गर्दै आएका छन् ।

त्यसबाट इन्जिनियरले कतिकमिसन हात पार्ने गरेका छन् । स्थानीय तहमा इन्जिनियर, कर्मचारी र जनप्रतिनिधिहरुको मिलेमतोमा व्यापक भ्रष्टाचार हुने गरेको छ । इन्जिनियरहरुले अनुगमनको नाममा ब्यापक रुपमा भ्रष्टाचार गरिराखेका छन् । तर, राज्य र सम्बन्धित निकायले त्यस्ता विषयमा ध्यान दिने गरेको छैन । अधिकांश स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र इन्जिनियरहरुको मिलेमतोमा विकास निर्माणमा भ्रष्टाचार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *