निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ:प्रधानमन्त्री ओली

राजनीति समाचार


काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ भन्दै युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका हुन् ।

भृकुटीमण्डपमा मंगलबार शुरु नाडा अटो शोमा प्रधानमन्त्री ओली सहभागी हुने क्रममा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो। युवाहरु उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन। निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरुलाई उनले धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *