काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारीले कुनै तेस्रो मुलुकलाई नकारात्मक असर नपर्ने बताएका छन् ।
पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर,नगर्ने बताएका थिए । वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका बेला उनले यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ)को प्रभाव समयसँगै देखिनेछ, तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको उल्लेख गरेका छन्।

