स्वतन्त्रको कारण ठुला नेतालाई त्राहीमाम

राजनीति समाचार

काठमाडौं । यसपटक मै हुँ भन्ने नेताहरुलाई पनि जताततै त्रास छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो गृह जिल्लामा आफैंले सहयोग गरेका कर्ण मल्लले सताउँदैछन् । रामचन्द्र पौडेलको लागि शंकर भण्डारी, गोविन्द भट्टराईहरु तगारो भएका छन् । काठमाडौंमा प्रकाशमानको विरुद्ध बानेश्वर क्षेत्रका व्यापारीहरु एक छन् । रमेश खरेल जस्ताले कांग्रेसको नाम भजाएका छन् । जो स्थानीय चुनावदेखि नै कांग्रेस र माओवादी बिचको गठबन्धन विरोधी मोर्चामा थिए ।
एउटा मुद्दामा कार्यगत एकता हुन्छ । संविधान बचाउने कुरामा संघीयता र गणतन्त्र बचाउन कांग्रेस माओवादी एक ठाउँमा आउँदा भारतीय गुप्तचर रअद्वारा सञ्चालित डा.शेखर कोइराला र एमालेका नेता बिचमा गोप्य साँठगाँठ बनेकै छ । यसपटक कांग्रेसका नेताको मात्र होइन, माओवादीका अध्यक्ष पुष्पकमल दाहालमाथि कांग्रेसका नेता नागेश कोइराला खनिएका छन् । चुनावी गठबन्धन यिनकै भएको छ ।
दाहालले छोरी रेणु दाहाललाई जिताउन १२ करोड भरतपुरमा जम्मा पारेका थिए । त्यो सत्य बाहिर आएको छ । अध्यक्ष चुपचाप छन् । माओवादी पार्टीमा पनि आकांक्षी युवाहरु धेरै छन् । एमालेलाई गठबन्धन भित्र विद्रोही बढाउनु फाइदा छ । कतिपय स्थानीय चुनावमा जस्तै पर्चा, पोस्टर छपाई र वितरण समेत एमालेले गर्न थालेको छ । काठमाडौं ४ मा गगन थापाविरुद्ध कांग्रेसकै कार्यकर्ताले विरोध गरेका छन् । काठमाडौं ५ मा डा.गजेन्द्र विष्टले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गर्दै गर्दा डा.प्रकाशशरण महत नुवाकोट २ ताक्दैछन् । डा.गजेन्द्रको कारण एमाले पनि संकटमा पर्नेछ । २०७४ सालमा माओवादीको ११ हजार मतको कारण ईश्वर पोखरेलले चुनाव जितेका थिए । टोखा ४ र ५ का डा.विष्टका आफन्त सबै एमाले हुन् । ईश्वर पोखरेलप्रति उनीहरु सन्तुष्ट छैनन् । डा.महेन्द्र विष्ट र डा.गजेन्द्र विष्ट नाताले दाजुभाइ हुन् । पदको लागि महेन्द्र विष्ट एमालेका हुन् । तर डा.गजेन्द्र विष्ट कांग्रेस भएपनि पैसा र पावरमा लाग्दैन । काठमाडौं ५ बाट यसपटक पोखरेल हराउने अभियान चलाउन तयारी भएको छ ।
उता ललितपुर २ मा पनि डा. दिपेश केसीले कांग्रेसी नेताको निद्रा हराई दिने भएका छन् । पत्रकारितामै रमाएका डा.केसी भ्रष्टाचार र गुटबन्दीको चर्काे विरोधी हुन् । डा.गजेन्द्रको बिट आर्थिक पत्रकारिता हो । आर्थिक पत्रकार समाजका अध्यक्ष भएका पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *