एमाले सिध्याउने खेल

राजनीति समाचार

काठमाडौं । स्थानीय चुनावमा केपी ओली जहाँ पुग्थे, त्यहाँ जनताको लहर आएको भन्दै भाषण ठोक्ने गरेका थिए । तर स्थानीय चुनावमा एमालेसँग गठबन्धन गरेका दलहरुले केही सहयोग गर्न सकेनन् । एमालेसँग सम्झौता गरेको कांग्रेसका बिद्रोही नेता दीपकराज जोशी दोस्रो भए । मकवानपुरमा राप्रपाका नेता दिपक सिंह दोस्रो भएका थिए । एमालेका केशव स्थापित पनि काठमाडौंमा दोस्रा भए । केपी ओलीले चुनाव जित्नै मुस्किल प¥यो । जसले दुईतिहाई नजिकको सरकार ढाल्यो, पार्टी फुटायो, उसैका लागि केही भएन । राष्ट्रपति एमाले पार्टीकै हुन् ।

केपी ओलीले अध्यादेशबाट ल्याएको नागरिकता विधेयक सदर गर्ने राष्ट्रपतिको निर्णय सर्वाेच्चले रोक्यो । अहिले एमाले राष्ट्रवादी पार्टी भएको छ । गठबन्धन विदेशीको उपज हो भन्दैछ । एमाले बद्नाम भइरहेको छ । किनकि टिकट पाउन दश भाइलाई कठिन देखिन्छ । माओवादीका प्रचण्डलाई गाली गर्ने रामबहादुर थापाको चुनाव लड्ने हैसियत छैन । तर अर्घाखाँचीमा टोपबहादुर रायमाझी पनि संकटमा पर्दैछन् ।

जसपाका २३ जना एमालेमा प्रवेश गरेका छन् । हेमराज राईको टोली एमाले प्रवेश गर्दा चुनावमा कति सफल हुने हो, एमालेभित्र कस्तो रणनीति बन्ला शंका छ ?
पहिला एमालेले स्थानीय चुनावमा सबै तहमा जित्छ भनेर नै बेरुजु फस्र्याैट नगरेको भन्ने भनाई छ । मौका पाउँदा कम्युनिष्टलाई भ्रष्ट बनाउने नेकपाका नेताहरु चर्चामा छन् । चर्चित नेताहरुले पार्टी कस्तो बनाए, एमाले बलियो कहाँ छ ? एकताको गाँठो कसले कस्यो ? अब एमाले सिध्याउन कस्ता कस्ता पार्टीमा प्रवेश गर्लान् ? त्यसको रिहर्सल राजपाबाट सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *