राज्य व्यवस्था समिति सभापति निर्वाचनमा कांग्रेसको निर्णय कुर्दै सभामुख

राजनीति समाचार


काठमाडौं ।
नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएको कुलिङ पिरियड सम्बन्धी विवादमा तानिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त छ। पर रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने बाध्यात्मक प्रावधान छ। खतिवडाले साउन २८ गते राजीनामा दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता सभामुखसँग छ।

कांग्रेसले उम्मेदवार टुंगो लगाएर पठाएमा निर्वाचन तालिका सार्वजनिक गर्ने बाटो खुल्ने छ। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग पटकपटक छलफल गरेका थिए। कांग्रेस सचेतकले पार्टीको निर्णय पर्खिन अनुरोध गरेपछि निर्वाचन सम्बन्धी सूचना प्रकाशनमा ढिलाइ भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *