काठमाडौं । कर्मचारी सरुवामा अनावश्यक खेल्दा सरकार आफै बदनाम हुन पुगेको छ । सरकारले गत हप्ता ७२ जना सह–सचिव सरुवा गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तथा सह–सचिव कुमार प्रसाद दाहाल पनि परेका थिए । सरुवा हुने ७२ जना सह–सचिवमध्य दाहाल भने चर्चाको शिखरमा पुगेका छन् ।
नपुगन् पनि किन ? दाहालले उपभोक्ताको हितमा राम्रो काम गर्दै आएका थिए । उपभोक्ताको पक्षमा काम गर्दा शैक्षिक माफियादेखि खाद्यान्न माफियाहुँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसम्मलाई मार परेपछि दाहाल पाँच महिनामै सरुवामा परेका छन् ।
दाहालको सरुवाको विषयलाई लिएर ठूला घरानाका मिडियादेखि स्वरोजगारमुलक पत्रपत्रिकाले हप्तादिनदेखि मुख्यपृष्ठ खर्च गरिरहेका छन् । दाहाल सरुवा हुनुमा मन्त्री भण्डारी, मुख्यसचिव अर्याल र विचौलियाको ठूलो हात रहेको स्रोत बताउँछ । किन कि मन्त्री र मुख्यसचिवलाई कोशेली टक्र्याउन नसक्नु अर्कोतिर माफिया र तस्करहरुलाई जरिवाना गर्नु दाहाल सरुवामा पर्नुहो, भन्दै थिए वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका केही भुक्तभोगीहरु । अब उपभोक्ता संरक्षण विभागमा निष्कलंक र सोच्छ छवीका सह–सचिव महानिर्देशक बनेर आएका छन् । उनीहरुले पनि त्यही रोग नभोग्लानन् भन्न सकिँन्न ।
नेपालीहरुको महान पर्व तीज, दशैं, तिहार छठ जस्ता चाडवाडहरु नजिकिँदै गरेको छ । उद्योगी, व्यापारी र तस्करहरुले राजश्व छली गरेर भित्र्याएको गुणस्तरहीन र अखाद्य मिसावट गरिएका सामानहरु विक्रीवितरण गर्न नपाउने भएपछि महानिर्देशक दाहाललाई सरुवा गराउन घेराबन्दी गरेका थिए । उता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी तिनै उद्योगी, व्यापारीहरुसँग मिलेर कमाउधन्दा सञ्चालन गर्नको लागि महानिर्देशक दाहाललाई सरुवा गर्न लागिपरेको बताइन्छ ।
त्यसको उदाहरण बनेका छन् मन्त्री भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारी । भण्डारीले मन्त्रीको सचिवालयमा बसेर सम्पूर्ण उद्योगी, व्यापारीहरुलाई बोलाएर कुन–कुन विभागका महानिर्देशकहरुले के–कस्तो सहयोग गरेका छन्, तपाईहरुलाई दुःख कस–कसले दिएका छन्, तिनीहरुको नाम ल्याउनुहोस् हामी कारबाही गर्छौं भन्दै व्यापारीलाई उक्साएर असुली धन्दा चलाउने गरेको स्रोतले उल्लेख गरेको छ ।
त्यहीं खुसिलीमा जनै पूर्णिमाको दिन जनै फेरिसकेपछि केही व्यापारीहरुले ‘नाइट क्लबमा लगेर मदिरा खुवाई लठ्ठ बनाएपछि अर्धनग्न तरुनी भिराएर नचाई भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गराउन भ्याएका थिए । सो भिडियो सार्वजनिक भएपछि स्वकीय ससिव भण्डारीको जागिर पनि चैट भएको थियो । उक्त नाइट क्लब काण्डले स्वकीय सचिवसँगै मन्त्री भण्डारीको पनि बदनाम भएको छ । त्यसले गर्दा पनि मन्त्री भण्डारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सर्वसाधारणको तर्क छ ।

