छल्दी–रातचौर–रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुँदै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । गुल्मी इस्मा गाउँपालिका स्थित छल्दी–रातचौर–रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुन लागेको छ ।

छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा क्षेत्रमा हाल काम अन्तिम चरणमा पुगेकोले धुलो–धुवाँ र हिलोको समस्यामा रहेका स्थानीयवासीलाई अहिले राहत भएको हो । रातचौर क्षेत्रमा चार सय ९० मिटर सडक ७१ लाख रुपैयाँको लागतमा कालोपत्रे गरिएको छ । त्यस्तै, रातडाँडा खण्डमा ७३ लाख रुपैयाँमा तनि सय ७० मिटर कालोपत्रे अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यी दुई खण्डमा काम सम्पन्न भएसँगै सडकमा सवारीसाधन सहजै गुड्न थालेका छन् । सडक स्तरोन्नतिसँगै स्थानीय बासिन्दाले स्वास्थ्य, शिक्षा, व्यवसाय र अन्य दैनिक काममा उल्लेख्य सहजता पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *