माओवादी कार्यालय पेरिसडाँडामा शिक्षक महासङ्घको धर्ना

शिक्षा/स्वास्थ समाचार

काठमाडौं। शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *