काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसदमा विरोध जारी राखेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले शुक्रबारको बैठक शुरु हुनु अघि आफ्नो धारणा राख्दै भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी नभएको र यस सम्बन्धमा सहमतिका लागि आफुले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको बताएका छन् । उनले यसका बाबजुत पनि सहमतिका लागि प्रयत्नशील रहेको बताउदै सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित रहेको बताएका हुन् ।

