काठमाडौं । नेपाल सरकारका अधिकांश मन्त्रालयमा मन्त्री र मन्त्रीका पीएहरुले तेलको कुपन आफ्ना नातागोता देखि लिएर ड्राइभर, सांसद, मन्त्री, पत्रकार, स्वयमसेवक र प्रध्यापक बुद्वीजिवीहरु देखि विभिन्न राजनितीक दलका संघसंगठनका नेताहरुलाई तेलको कुपन बाँडेर राज्य दोहन गरिरहेका छन् ।
यसरी जथाभावी तेलको कुपन प्रयोग गर्दा राज्यले इन्धनमा ठूलो खर्च व्यहोर्न परेको छ । त्यसले गर्दा आम सर्वसाधरणलाई मर्का परिरहेको छ । अर्कोतिर नेपाल आयल निगमले पनि सरकारी प्रयोजनदेखि लिएर उच्च घरानाका कर्मचारी, उच्च नेता, मन्त्री, सांसदहरुलाई तेलको कुपन बाँड्दैमा हैरानी खेप्नु परेको छ । बेलाबखत इन्धनको मुल्य घटेता पनि घटेको मुल्यमा उपभोक्ताले इन्धन खरिद गर्न पाउँदैनन् । उल्टै उपभोक्ताहरुले थाहा नपाउने गरी पेट्रोल पम्पहरुल मुल्य बढाएर उपभोक्ता ठगी राखेका छन् ।
उपभोक्ताहरु ठगीएका मात्रै छैनन् डिजेलमा पानी मिसाएर बिक्री बितरण गरेको समाचार सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । केही महिना अगाडि जडिबुट्टी स्थित रहेको कामख्या पेट्रोल पम्पमा पानी मिसाएर बिक्री वितरण गरेको समाचार सामाजिक सञ्जालमा भाइरल भएको थियो । उता, नेपाल आयल निगमले पनि उच्च तहका कर्मचारीहरुले आफन्त, आसेपासे र राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मलाई तेलको कुपन बाँडेर संस्थालाई टाट पल्टाउने काम गर्दै आएको छ ।
त्योसँगै नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव र उच्च तहका कर्मचारीहरुलाई विभिन्न स्थानमा रहेका तेल भण्डारण र पेट्रोल पम्पहरुको निरीक्षण, अनुगमन र गुणस्तरको अनुगमन गर्ने नाममा ब्यापक फजुल खर्च गरी संस्थालाई टाट पल्टाउने काम गरेको स्रोतले बताएको छ ।

