प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बेइजिङमा

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्।

तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *