विभाजित राप्रपा अब टुक्रिन मात्रै बाँकी

राजनीति समाचार

काठमाडौं । एजेन्डा एउटै संविधान विपरीत गणतन्त्र मास्ने संघीयता खारेज गर्ने राजतन्त्र स्थापना गर्ने जस्ता विषयमा राप्रपाका सबै गुट एक छन् । तर पूर्वको राई राजेन्द्र लिङ्देनसँग न त कमल थापाको मत मिल्यो, न त तेस्रो दर्जाको राजा परिवारका धवल शमशेर जबराको व्यवहार मिल्यो ।

पूर्व राजा ज्ञानेन्द्रलाई संविधानमा स्पेस राख्ने भन्दै संविधान सभापछि देशव्यापी हिन्दू धर्म र राजतन्त्रको एजेण्डा लिएर राप्रपा नेपाल हिँड्यो ? खर्च ज्ञानेन्द्रको मस्ती कमलको भएपछि अधिवेशन पूर्व राप्रपाका सबै टुक्रा एक भए । कमल अध्यक्ष राजेन्द्र र धवल महामन्त्री बन्दा पशुपति शमशेर डा. प्रकाश चन्द्र लोहनी सम्मानित भए । तर दोस्रोपटक कमल थापालाई हराउन लिङ्देन र धवल सफल भएपनि यिनको आन्तरिक संघर्ष घटेन् ।

अहिले महामन्त्री धवलको पक्षमा अर्का महामन्त्री कुन्ती शाही, बागमती प्रदेश सभामुख भुवन पाठक, विक्रम पाण्डे, विक्रम थापालगायतको टिम लागेको छ । डा. प्रकाश चन्द्र लोहनी, पशुपति शमशेर राणा, बुद्धिमान तामाङसम्मको योजना लागु हुँदैन । तर राजेन्द्र लिङ्देन पोखरामा गण्डकी प्रदेश तहको भेलामै धवलका पक्षधरको घेराउमा परे । पूर्व पञ्चहरू पार्टी विभाजित हुँदै जाँदा ज्ञानेन्द्रले नवराज सुवेदी र दुर्गा प्रसाई जस्ता भक्तप्रति विश्वास गर्दैछन् ।

आफ्ना भक्तहरूको यो द्वन्दमा अहिले व्यापारी ज्ञानेन्द्रले चासो दिन छाडेका छन् । आफै उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री पदमा जाँदा ठेकेदार विक्रम पाण्डेसँग ५ करोडमा सहरी विकासमन्त्री पद बेच्ने लिङ्देनसँग राप्रपाको पुरानो लिगेसी धान्न सक्ने आँट देखिँदैन । एजेन्डा एउटै भएका पूर्वपञ्चहरू भाँडिनु र नेपालका कम्युनिष्टहरू विभाजन हुनु एकै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *