कांग्रेसको केन्द्रीय कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी

राजनीति समाचार

काठमाडौं । प्रमुख सत्ताघटक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा जेनजी प्रदर्शनकारीले आगो लगाएका छन्‌ ।

सोमबार भएको जेनजी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा पुगेर कांग्रेसको पार्टी कार्यालयमा आगो लगाएको हो । बल्खुमा यतिखेर ठूलो प्रदर्शन भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै सरकारले त्यस क्षेत्रमा नेपाली सेना नै परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *