ananta gurung

तासको घर झै ढल्यो ओली–देउवा सरकार

पत्र-पत्रिका समाचार

ओली–देउवा सरकार संसदमा दुईतिहाई बहुमत भएको बज्र झै बलियो सरकार हो भन्ने नेपाली जनतालाई लागीरहेको थियो ।

त्यसैले एमाले शीर्ष नेता प्रधानमंत्री ओलीबाट दिनदिनै बढाउँदै लगेको अत्याचारलाई सहेर नै बसेका थिए । एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीले साईवर कानुन लगाएर नेपाली जनतालाई अनाहाकमा दुःख दिने गरेका थिए । ओली–देउवा सरकारको बिरोध गर्नेहरुलाई तह लगाउनको निमिक्त उहाँ कै पालामा लोकतंत्र बिरोधी साईवर कानुनको निर्माण गराएका थिए ।

सत्तामा बसेका दलका नेताहरुको आलोचना वा बिरोध केहि गर्न नपाउने र बिरोध गरेमा साईवर कानुन लगाएर जेलमा कोच्ने सम्मको गैरलोकतांत्रिक कार्यबाही ओली–देउवा सरकारले नेपाली जनता बिरुद्ध अभियान कै रुपमा चलाएका थिए । हुँदा हुँदा उहाँले अस्गर अली खानको सल्लाहमा लागेर नेपाली जनताको लागि महाउपयोगी ओटीटी प्लाटफर्मले निःशुल्क उपलव्ध गराएको भाईवर, ह्वाट्सएप, फेसबुक मेसेन्जर जस्तो बिदेशमा भिडियो कल र भ्वाईस कल गर्न सकिने सञ्चार सेवाहरु अवरुद्ध गर्ने प्रयास चलाए ।

जब उहाँले फेसबुकमा प्रतिबन्ध लगायो तब जेन जेडका युवाहरुबाट त्यसको प्रतिकार सुरु भयो । फेसबुक माथि ओली–देउवा सरकारले प्रतिबन्ध लगाउनको पछाडिको ठुलो कारण सरकारले गर्दै आएको भ्रष्टाचारलाई नाङ्गेझार पार्ने र खुईल्याउने काम गरेकोले नै थियो । अब त्यो सामाजिक सञ्जाललाई बन्द गरीसके पछि निर्बाधरुपमा जति पनि भ्रष्टाचार गर्न सकिने र त्यसको जानकारी कसैलाई पनि नहुने ओली–देउवा सरकारले सोचेको थियो ।

यस्तो सोचेर झटपट सामाजिक सञ्जाल बन्दगरी हाले तर लहरो तान्दा पहरा थर्किएको झै एमाले र नेपाली काँग्रेसको सरकार नै तासको पत्ताहरुले बनेको घर झै ढल्ने गरी प्रतिकार सुरु भयो । जेन जेड भनेको गुगल अन लाईनबाट सूचना जानकारी लिएर अध्ययन गर्ने समूह भएको हुँदा उहाँहरुलाई फेसबुक सामाजिक सञ्जाल बन्द हुँदा निकै नै मर्का परेको थियो ।

त्यसैले संसार भर छरिएर बसेका जेन जेडका सदस्यहरुले ओली–देउवा सरकारको जनबिरोधी निरंकुश कामलाई चुनौती दिएर सबक सिकाउने महाअभियानको सुरुवात गर्यो । कस्ता कस्ता कहाँ गए हरनदासी बिलाउनेको घारी भन्ने जनउक्तीबाट प्रेरित भएर जेन जेडलाई ओली–देउवा सरकारले भुसुना जस्तो पनि मानेन । सरकारको आफ्नो शक्तिलाई ओभर ईस्टिमेट गर्दै जेन जेडलाई वास्ता सम्म पनि गरेनन् ।

त्यसको परिणाम के निस्कियो भन्ने बारे अब यहाँ चर्च गरी राख्न जरुरी छैन । संसार भर नै सुनीने र थाहा पाउने गरी भुसुना मानेको जेन जेडले भुसतिग्रे ओली–देउवा सरकारलाई गल्र्याम्मै ढालीसकेको छ । अहिले दलका धेरै अत्याचारी नेताहरु इन्तु न चिन्तु बनेर बेहोस झै बनेकाछन । पत्याउन नै गाह्रो हुने गरी दलका नेताहरुलाई जेन जेडका बालकहरुले ठुलो सवक सिकाएका छन ।

बृद्धहरुको पार्टी एमाले, नेपाली काँग्रेस र एमाओवादीका नेताहरुको सातो गएकोछ । बुढेसकालमा जागिर जाँदा दुःख पाईने भयो भन्ने डरबाट दलका बृद्ध नेताहरुको त्रसित भएकाछन । यहि बेला भ्रष्टाचारको आरोप लगाएर जेन जेडले दलका नेताहरुको घर पनि जलाईसकेका छन । नेपाली जनता जस्तै अब दलका नेताहरु पनि सडक छाप भएका छन ।

पहिले दलका नेताहरुले नेपाली जनतालाई भ्रष्टाचार गरी गरी नेपाल राष्ट्रलाई लुटेर सडक छाप बन्न बाध्य पारेका थिए भने अब जेन जेडले उहाँहरुको घहरु जलाएर उहाँहरुलाई पनि नेपाली जनता जस्तै सडक छापमा रुपान्तरण गरी दिएकाछन । दलका शीर्ष नेताहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई लुटी लुटी उहाँहरुको घर कोठामा जम्मा गरी लुकाई राखेका बिदेशी र नेपाली नोटहरु जलेर भष्म भएका छन ।

एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओली बाठा रहेछन किनभने उहाँले नोटको साथै १ टन जति सुनका बिस्कुट र सिक्काहरु दमकामा थुपारेका रहेछन । २०८४ को चुनाव सहजै जित्नको लागि उहाँले बिदेशी र नेपाली नोटको बिटोहरुको साथ सथ सुनको बिस्कुट र सिक्का पनि बन्दोबस्त गरी राखेका रहेछन । उहाँको अर्थमंत्री २ क्लास पास बिष्णु पौडेलको घरमा त नोट गन्ने मेसिन समेत राखेको भेटियो ।

जेन जेडका आन्दोलनकारीहरुले बिष्णु पौडेल नाम भएको ओलीको अर्थमंत्रीलाई किक हान्दै खेदेको दृष्य संसारले हेर्न पाएकाछन । सरकारी जग्गा नै घुषको रुपमा खान सक्ने क्षमता उहाँ सित हुनको साथै खाएपछि फिर्ता गरेर पनि कानुनी कार्यबाहीबाट बच्ने अभयदान उहाँलाई दलहरुबाटै प्राप्त भएको थियो । तर यो पटक जेन जेडका बालकहरुबाट भने उहाँलाई कुनै राहत प्राप्त भएन सार्वजनिक रुपमा नै उहाँको चीरहरण हुँदा उहाँलाई बचाउन दलका कुनै पनि नेता देखा परेनन् ।

नेपालमा भ्रष्टाचारको जालो जताततै फैलिएको छ । यो सामाजिक सञ्जालको जालो भन्दा पनि गहिरो र बिशाल भएको महसुस भ्रष्टाचार बिरोधी अभियान्ताहरुले आकलन गरीरहेकाछन । त्यसैले भ्रष्टाचारको केन्द्रविन्दू र स्रोत कन्द्रहरुको पहिचान गर्न जेन जेडका बालकहरुको लागि पनि निकै मुस्किल परेको थियो । यसै सिलसिलामा जताततै आगो लगाउने क्रममा सरकारी कार्यालयहरु पनि जलेर नष्ट भए ।

सिंहदरवार परपूर्वकाल देखि नै नेपालमा हुने भ्रष्टाचारको केन्द्रविन्दू मानिएको छ । त्यहाँबाट नै नेपाल भरी भ्रष्टाचारको सञ्जाल जताततै फैलिएर नेपाल राष्ट्रको अस्तित्व र नेपाली जनताको सुन्दर भविष्यको लागि नै ठुलो चुनौती बनेकोछ । दलहरुले संघिय गणतांत्रिक राजनीतिक व्यवस्था नेपालमा लागु गरेपछि सिंहदरवारबाट हुँदै आएको भ्रष्टाचार प्रदेशहरु र स्थानिय तहहरु सम्म नै फैलिन पुगेको थियो ।

यहि सत्यकुरा बझेका जेन जेडका बालकहरुले सिंहदरवारलाई नै पहिले जलाउने काम गरेकाछन । त्यसपछि भ्रष्टाचार सित जोडिएका सबै संभावित ठाउँहरुमा आगो लगाउँदै लगेकाछन । ओली–देउवा सरकारको निर्माण गर्ने १२ भाई व्यापारीहरु र व्यवसायीहरुको समूह पनि जेन जेडको आगो लगाउने निशानामा परी धेरथोर भष्म भएकाछन । एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओली सित सुरुमा नै ६ अर्ब ४७ करोड दान दिएर नाम कमाएको भाटभटेनी समूहका मालिक मिन बहादुर गुरुङ्गलाई पनि सोही कारणले गर्दा पीडित हुनु पर्यो ।

ओली–देउवा सरकार बनाउँदा खेरी संयोजकको महत्वपूर्ण भूमिका खेलेको क्याप्टैन पाईलट रामेश्वर थापालाई पनि अग्नी काण्डबाट पीडित बन्नु परेको छ । तर अचम्मको कुरा भने के भयो भने उहाँको अन्नपूर्ण मेडियालाई भने जेन जेडले छुँदापनि छुएन । यो पटक नेपालमा व्यापार गरी बसेका भारतीय मूलका माडवाडी समुदायको मनमा भने चीसो पस्ने गरी जेन जेडका बालकहरुले अग्नीबाण चलाएका छन ।

नेपालमा उद्योगीको रुपमा चिनिएका भारतीय मूलको माडवाडी सामुदाय उद्योगलाई हात्तीको देखाउने दाँत जस्तो मात्रै बनाएर धेरै नाफा कमाउन सकिने व्यापारमा लागेकाछन । उद्योगलाई नेपालमा व्यापारलाई भन्दा धेरै कम महत्व दिएको हुँदा स्थापित उद्योगीहरु पनि चलीरहेको उद्योगधन्दालाई बन्दगरी व्यापारमा लागेकाछन । नेपालमा व्यापारबाट लगानीलाई ४ महिनाको अवधि भित्र नै दोव्वर गराउन सकिने भएको हुँदा पैसा भएका सबै साहु महाजनहरु नेपालमा व्यापार गर्न झुम्मिएकाछन ।
नेपाल सरकारको राजस्व पनि आयात माथि निर्भर भएको हुँदा ओली–देउवा सरकारले पनि राष्ट्रको हितलाई नेहेरी व्यापारीहरुको हितलाई हेरी आयात व्यापारलाई नेपाल सरकारको बजेटमा धेरै महत्व दिएकाथिए । तर अब जेन जेडले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई सर्वोपरी मानेको हुँदा व्यापारीहरुलाई ओली– देउवा सरकारबाट पाएको जस्तो महत्व नयाँ सरकारबाट प्राप्त हुने छैन ।

नयाँ सरकार बने पनि नयाँ सरकारको लागि ठाडो चुनौती दलहरु बाटै आईरहेकाछन । घरमा बैंककै समान कालोधन लुकाएर बसेका दलका शीर्ष नेताहरुको घर जल्दा त्यसभित्र भएका कालोधन समेत जलेर खाक भएकाछन । बिटाको बिटा नोटहरु घरको कोठ भित्र र दराजहरुमा चाङ लगाएर राखेको अवस्थामा आधाकरो जलेका नेटहरुको चाङको फोटोहरु सामाजिक सञ्जालमा भाईरल भईराखेकाछन ।

तैपनि दलका नेताहरुले नेपाली जनतालाई झुट बोलेर भ्रम फैलाएकोमा माफी नमागी उल्टै संसद बिघटनलाई गैरकानुनी भन्दै उल्टाउने प्रयास थालेकाछन । नेपाली जनतालाई दलका नेताहरुले नागरिक नमानेर पशु बराबर मानेको हुँदा चुनावको बेला भोट किनेर वा मासुभात खान दिएर नै चुनाव जितिनेमा ढुक्क छन । वर्तमान नेपालको संबिधान २०७२ लाई संसोधन नगरी चुनाव गराएमा त्यो चुनावको परिणाम उपयोगी र सर्वमान्य हुने छैन ।

राजालाई उक्त संबिधानमा ठाउँ दिने र वैदिक सनातनी हिन्दूधर्मलाई राज्यको धर्म बनाउने सम्मका जटिल बिषयहरुमा पहिले निर्णय नगरी चुनाव गराएमा त्यो चुनाव काम लाग्ने छैन । राष्ट्रको खर्च घटाउनको लागि संघिय संसदको संख्या कटौती गर्न जरुरी छ । प्रत्येक्ष निर्वाचित साँसदको मात्रै व्यवस्था गरी सामानुपातिक साँसदहरुको व्यवस्था खारेज गर्न सकिएको खण्डमा अहिले दलका नेताहरुले गर्दै आएको सामानुपातिक साँसद व्यवस्थाको दुरुपयोग रोक्न सकिन्छ ।

प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्येक्ष निर्वाचित प्रधानमंत्री कुन व्यवस्था गर्ने भन्ने बारे पनि चर्चा चलाएर त्यसमा आमसहमती लिन जरुरी छ ताकि संविधानमा सोही अनुसारको संसोधन गरी आम चुनाव गर्न गराउन सकियोस । तीन प्रमुख दलहरु एमाले , नेपाली काँग्रेस र एमाओवादी नामको मात्रै फरक दलहरु हुन तर काम र नीतिको हिसाब तीनै दलहरु एउटै दल जस्तो हो ।

उक्त पार्टीहरुले नेपालमा नव उदारवादी स्वतंत्र बजार अर्थतंत्रको अभ्यास गर्दै आएका थिए तर नेपालको आर्थिक बिकासको आवश्यकता अमेरिकाको भन्दा फरक भएको हुँदा उहाँहरुको वैदेशिक रोजगरी नीति देखि लिएर र पर्यटन बिकास नीति सम्मले नेपालको बिकासमा ठोश परिणाम दिन सकीरहेको छैन । नेपालको बिकास र राजनीतिमा बिदेशीको चलखेललाई स्वीकार गर्दै आएका उक्त ठुला तीन दलहरु जेन जेडको आन्दोलनको अगाडि तासको पत्ताले बनेको घर झै धारासायी हुनुले दलका नेताहरु नेपालको राजनीतिमा ३७ साल सम्म लगातर शासन गरेर पनि बलियो रुपमा स्थापित हुन नसकेको देखाउँछ ।

तीन प्रमुख दलहरुको स्थापना काल देखि नै अपराधिक पृष्ठभूमि भएको कारणले गर्दा दलका शीर्ष नेताहरुले भ्रष्टचारीहरु र अपराधीहरुको संरक्षण गर्नमा मात्रै ध्यान लगाए । जेन जेडले चाहेको जस्तो सुशासन उहाँहरुको प्राथमिकतामा कहिले पनि पर्न सकेन । दलका नेताहरु सुनीति अनुसार चलेर नेपालमा कानुनीराजलाई बलियो बनाउने तर्फ नलागि आआफ्नो सुरुची अनुसार शासनसत्ता चलाउँदै धमिलो पानीमा माछा मार्ने अथवा भ्रष्टाचार गरी त्यसैको बलमा नेपालको राजनीतिमा आफ्नो पकड कायम राख्ने तिर जोड लगाए ।

सामाजिक सञ्जालले नेपाल चलेको दलहरुको भ्रष्टाचारजन्य गतिविधिलाई पारदर्शी बनाउन थालेपछि उक्त सामाजिक सञ्जाललाई नै बन्द गर्ने सम्मको अलोकतांत्रिक कदम उठाएको हुँदा दलहरु कै जेन जेडको प्रतिकारमा परी पत्तासाफ भएकाछन । अब दलहरुको लागि आआफ्नो बीउ सम्म जोगाउनको लागि पनि हम्मे हम्मे पर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *