सेयर बजार एक सय ११ अंकले वृद्वि

अर्थ/वाणिज्य समाचार

काठमाडौं । अघिल्लो साताको बिहीबार एक सय ६० दशमलव ३३ अंकले घटेको नेप्से आइतबार भने तीन अंकले बढ्यो ।

आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सय ११ दशमलव ७० अंकले नेप्से बढेको हो । आईतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि चार दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

आईतबार नेप्सेमा दुई सय ५२ वटा कम्पनीको कारोबार भएकोमा दुई सय २४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भयो । आईतबार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूह बाहेक अन्य सबै समूहमा हरियाली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *