काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायतका प्रधानमन्त्री कियर स्टार्मरबीच भएको भेटवार्तामा युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने भएको छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत गएका थिए । युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको हो ।
बीबीसीका अनुसार भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।
जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन(अमेरिका सम्बन्धलाई संकटमा पुर्याएको विश्लेषकहरुले बताएका छन् ।