काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।
कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरू आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करहरूले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आँकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
निकुञ्जका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएकोले चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ। चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने समेत उल्लेख गरेको छ ।