नेपालमा आन्दोलनकारीले जुनसुकै दिन, जुनसुकै ठाउँमा भौतिक संरचना ध्वस्त पार्ने र जनधन नष्ट गर्ने काम गर्दा पनि सुरक्षा निकाय निद्रामा बस्छ । उनीहरूले आन्दोलनको योजना थाहा पाउँदैनन्, र यही कमजोरीले बारम्बार देशले ठूलो मूल्य चुकाउन बाध्य भएको छ । प्रजातन्त्र होस् वा गणतन्त्र, राजनीतिक दलहरूको हठ र लापरबाहीमा साधारण नागरिकको ज्यान जाने र अरबौं रुपैयाँको क्षति हुने अवस्था लगातार दोहोरिँदै आएको छ ।
तर सुरक्षा निकाय भने अझै निद्रामा छ । गुप्तचर विभाग पूर्ण रूपमा निकम्मा बनिरहेको छ । दलका नेताहरूको घर जलाइरहेका, सरकारी संरचना ध्वस्त पारिएका घटनामा पनि विभागले हातमुख चलाउने मात्र गर्छ । गुप्तचर विभाग प्रमुख बन्नको लागि पैसा र राजनीतिक होडवाजीको खेल चलिरहेको छ—देशको सुरक्षा होइन, पदको खेल मात्र हुन्छ ।
गुप्तचर प्रहरी बिहान १० बजे अफिस पुग्ने, त्यसपछि आफ्नै व्यापारमा लाग्ने, जग्गा कारोबार गर्ने, इन्सुरेन्स र सहकारी चलाउने । जुवा खेल्ने, सोमरस पिउने, बेलुकी अफिस आएर हाकिमलाई सलाम ठोकेर घर फर्कने काम मात्रै हुने गरेको पाइन्छ । यही ढिलासुस्ती र लापरबाहीको कारण जेनजी पुस्ताको भाद्र २३ को आन्दोलनको सुराकी पनि लिन सकेनन् ।
टोखा स्थित अज्ञात स्थलमा २२ गते सार्वजनिक भिडियोको जानकारी पनि गुप्तचर विभागले पत्ता लगाउन सकेन। कारण? तत्कालीन प्रमुख हुतराज थापा जागिर अवकाश हुँदै थिए, र विभागमा पैसा र राजनीति चलिरहेको थियो। गुप्तचर विभाग मात्र होइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत यो तयारीमा असफल।
नेपालको सुरक्षा कमजोर भएको अवसरमा कुख्यात लागूपदार्थ तस्कर चाल्र्स सोभराजले सजिलै देश प्रवेश गर्ने योजना बनाएका थिए र, अहिले देखिन्छ, उनका अनुमान ठ्याक्कै मिलेको छ ।
फलस्वरूप, भाद्र २३ गतेको आन्दोलनको सूचना समयमै संकलन गर्न नसक्दा देशमा ठूलो जनधनको क्षति भया । त्यस क्रममा ७५ जना युवाले ज्यान गुमाएका छन् । अब समय आएको छ—सुरक्षा निकाय र गुप्तचर विभाग निद्राबाट उठ्नुपर्ने ।
अब देश जनताको सुरक्षाको लागि गुप्तचर प्रहरीहरु निद्राबाट ब्यूझिनुपर्ने हुन्छ । आफ्ना जिम्मेवारी बुझेर सक्रिय नभए, केवल निद्रामा बसेको विभागले देशको सूचना पहिल्यै संकलन गरी सम्बन्धित निकायमा पु¥याई जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ ।

