राजश्वका अनुसन्धानका कर्मचारी व्यापारीहरुका लेखनदास
काठमाडौं । विनोद चौधरी र चन्द्र ढकालजस्ता व्यापारीहरुले राज्यलाई गुमराहमा पार्दै राजश्व छली गरी अकुत सम्पत्ति आर्जन गरेका छन् । चौधरी र ढकालले राजश्व छली गरी आर्जन गरेको पैसा नेपालमा मात्रै लगानी नगरेर विदेशमा समेत लगानी गरिराखेका छन् । यस्ता राजश्व छली गर्ने व्यापारीहरुलाई राज्यका सम्बन्धित निकायले संरक्षण गरिरहेको छ । जुनसुकै पार्टी अथवा समूहको सरकार बने तापनि तिनै ढकाल्र र चौधरी जस्ता व्यापारीहरुले गुमराहमा पार्ने काम गर्दै आएका छन् । अन्य मारवाडी व्यापारीहरुको त कुरै नगरौं । राजश्व अनुसन्धान विभागले पनि ठूला–ठूला व्यापारीहरुलाई राजश्व छुट दिने र हिसाबकिताब मिलाउने काम गर्दै आएको छ ।
राजश्व अनुसन्धान विभागमा सरुवा भएर जाने कर्मचारीहरु मालपोतका लेखनदासजस्तै हुन् । त्यस्ता कर्मचारीहरुले व्यापारीहरुको हिसाब मिलन गर्ने काम गर्दै आएका छन् । उदाहरणको लागि कुनै व्यापारीले एक अर्ब बराबरको सामान नेपाल भित्र्याएको खण्डमा राजश्वका कर्मचारीले ५० करोडको सामान ल्याएको देखाएर राजश्व छली गर्न लगाउने गरेका छन् । उद्योगी, व्यापारीहरुले पनि अडिट गराउँदा करोडौं रुपैयाँ बराबरको सामान ल्याउँदा लाखको मात्रै हिसाब गर्न लगाउँछन् । राजश्व छलीमा सहयोग गरेबापति कर्मचारीका आफन्त र नातेदारहरुलाई तिनै व्यापारीले जागिर दिने गरेका छन् ।
अधिकांश उद्योगी र व्यापारीहरुकोमा पूर्व कर्मचारीहरुले जागिर खाने गर्दछन् । राज्यको पोलिसीमा उद्योगी व्यापारीहरुले खेल्ने गरेका छन् । उद्यागी व्यापारीहरुले पोलिसीमा खेल्दा राज्यलाई अर्बौं रुपयाँ हानीनोक्सानी हुँदा पनि राज्यका सम्बन्धित निकायले चासो दिएका छैनन् । उद्योगी व्यापारीहरुले पनि चार्डर्ड एकाउन्टेन्टको संस्थालाई सहयोग गर्ने र चार्टर्डर्ड एकाउन्टेन्टहरु तिनै व्यापारीहरुको हितमा काम गर्ने गर्दछन् ।
अर्कोतर्फ आर्थिक पत्रकारहरुले पनि तिनै राजश्व र कर छली गर्ने व्यापारी र कर्मचारीहरुकै गुनागाउने कारणले आर्थिक बिट हेर्ने पत्रकार र आर्थिक पत्रकार संघलाई सहयोग गर्ने गरेका छन् । त्यसले गर्दा राज्यको अर्बौं रुपैयाँ राजश्व छली हुँदा पनि त्यसको छानविन राज्यले गर्न सकेको छैन । राजश्व अनुसन्धान विभागमा तीर्थ राज चिलुवाल महानिर्देशक रहेका छन् । उनीलाई तत्कालीन सरकारको पालामा श्रीराम गुड्खा कम्पनीका मालिकले सबैतिर चाजोपाँजो मिलाएर आफ्नो भलाइको लागि महानिर्देशक बनाएका थिए । त्यस्तै अर्का चतुर खेलाडी छन् एमालेको खोल ओडेर घुस खाने राजन बिसी । बीसीसँग तामाकोशी सन्देशका प्रतिनिधिले मोइबाइल नम्बर ९८५१११४८६९ मा फोन गरी बुझ्न खोज्दा ‘मेरो मोबाइलको ब्याट्री सकियो, पछि सम्पर्क गर्नु’ भन्दै पन्छिएका थिए ।
बिसीले नेपालभरिका राजश्व कार्यालयमा बसेर ठूला उद्योगी, व्यापारीदेखि राजश्व छली गर्ने व्यापारीहरुसँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । राजश्व अनुसन्धानमा उपमहानिर्देशक तथा प्रवक्ताको भूमिकामा कृष्णकुमारी श्रेष्ठ रहेकी छिन् । उनी पनि विगत लामो समयदेखि राजश्व अनुसन्धान विभागमा राज गर्दै आएकी कर्मचारी हुन् । श्रेष्ठले ठूला–ठूला उद्योगी व्यापारीहरुलाई राजश्व कम तिराएर आफूले फाइदा लिने गरेको बताइन्छ । चोरी, तस्करीको सुराकीमा आफ्ना मान्छे राखेर कमिसन खाने गरेको पनि श्रेष्ठमाथि आरोप छ । कतिपय कर्मचारीहरुले त त्यस्ता व्यापारी र उद्योगीहरुको घर–घरमा गएर राजश्व कम तिराएर फाइदा लिने गरेको स्रोतले उल्लेख गरेको छ ।
अर्कोतिर आर्थिक पत्रकारहरुले राजश्व छली गर्ने व्यापारीहरुको गुनगाउन गाउने र व्यापारीहरुको जन्मोत्सव मनाउनको लागि उपहार लिएर घरमै जाने, हजुरजस्तो राम्रो व्यापारी यो संसारमा कोही छैन, हजुरको चर्चा बजारभरि छ भन्दै चाकडी चाप्लुसी गरेर पाइदा लिने गर्दछन् । व्यापारीहरुले तिनै आर्थिक पत्रकारहरुलाई विदेश घुमाउने, विज्ञापन उपलब्ध गराउने र कार्यालय स्थापना गरिदिने गरेका छन् । आर्थिक पत्रकारहरुको अफिस हेर्दा कुनै व्यापारीकोभन्दा कम देखिँदैन । उता, उद्योगी, व्यापारीहरुले नेपाल सरकारको मुख्यसचिव बनाउनसमेत लभिङ गर्दै आएका छन् । त्यसको उदाहरण लिन सकिन्छ हालका मुख्यसचिव एकनारायण अर्याललाई ।
अर्याललाई मुख्यसचिव बनाउनको लागि हुन्डी कारोबार गर्ने उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग लभिङ गरेका थिए । ढकालकै आडमा अर्याल मुख्यसचिव बनेका थिए ।
मुख्यसचिव अर्यालको जागिरे अवधि सकिन लाग्दा ढकालले जेनजी आन्दोलनका क्रममा आफ्नो व्यवसायमाथि क्षति भएको भन्दै गत शनिवार २२ गते सरकारलाई नै बोलाएर पत्रकार सम्मेलन गरेका थिए । सो पत्रकार सम्मेलनमा नेपाल सरकारका क्याविनेट मन्त्रीहरु सबै सहभागी भएका थिए ।
एउटा व्यापारीले आयोजना गरेको पत्रकार सम्मेलनमा क्याविनेटका सबै मन्त्री सहभागी भएको यो पहिलो घटना हो ।
किन कि मुख्यसचिवको जागिरे अवधि सकिन लागेकाले भावी मुख्यसचिव बनाउनको लागि पनि उद्योगी, व्यापारीहरुले सरकारलाई गुमराहमा पारेर आफ्नो फेबरको मुख्यसचिव बनाउन लभिङ गर्न खोजिरहेको स्रोतले उल्लेख गरेको छ । त्यसले गर्दा उद्योगी र व्यापारीहरुले राजश्व छली गर्दै आएका छन् । राजस्व अनुसन्धान विभागले पनि हालसम्म ३७ अर्ब राजश्व उठाउन सकेको छैन । अहिले देशैभरिबाट तस्करहरुले राजश्व छली गरेर सामान भित्र्याइरहँदा राजश्व अनुसन्धान विभाग मुकदर्शक भएर बसेको अवस्था छ ।
यतिबेला व्यापक रुपमा सुपारी तस्करी भइरहेको छ भने पेस्ता र छोकडाको पनि अवैध कारोबार भइरहेको छ । तर, राजश्व अनुसन्धान विभाग र सम्बन्धित निकायहरु गुमनाम जस्तै भएका छन् । अर्थमन्त्री नै पूर्व कर्मचारी छन् । अर्थमन्त्री रामेश्वर खनाललाई अर्थसचिव हुँदा राजश्व छली कहाँकहाँबाट हुन्छ भन्ने अनुभव थियो । तर, अहिले उनै अर्थमन्त्री खनालले जेनजी आन्दोलनको नाममा व्यापारीहरुलाई पोस्ने नीति ल्याएका छन् । अर्थमन्त्रीले ल्याएको आर्थिक प्रतिवेदन देश र सर्वसाधारण जनताको हितमा देखिँदैन ।

