काठमाडौं । कर्णाली प्रदेशको रुकुम जिल्लाका माओवादी कार्यकर्ता र नेताले जनार्दन शर्मा र प्रचण्डको विद्रोहलाई पत्याएका छैनन् । नेकपा एकिकृत समाजवादीलगायतका रुकुमले जर्नामम
पार्टी नामक झुण्डसँग माओवादीले पार्टी एकता गर्ने घोषणा गरेपछि शर्माले छुट्टै पार्टी बनाउने भनेका थिए ।
माओवादीको जनयुद्धले स्थापित गरेका मूल्य मान्यता ध्वस्त बनाउँदै प्रचण्डले चुनाव चिन्हसमेत फेर्ने घोषणा गर्दा नेता जनार्दन आक्रोशित भएका थिए । पार्टीलाई समाजवादी धारमा लैजाने प्रचण्डको योजना हो । प्रचण्डले पार्टी केन्द्रीय समितिर सचिवालयको बैठकमा पार्टी एकता सम्बन्धी प्रस्ताव गरी वर्षमान पुन, देव गुरुङ र हरिबोल गजुरेललाई जिम्मा दिएको जनार्दनलाई मन परेको थिए । नेकपा एमालेसँग पार्टी एकता गर्दा भने जनार्दन वार्ता टोलीमा थिए ।
त्यतिबेलाका गृहमन्त्री जनार्दन शर्मालाई शेरबहादुर देउवाले कामचलाउ सरकारबाट हटाएका थिए । आज उनै जनार्दनले प्रचण्डसँग विद्रोह गर्नुको कारण हिजो महासचिव पद नदिनु हो । केन्द्रमा जनार्दनले वामपन्थी र देशभक्त प्रगतिशील पार्टी बनाउने घोषणा गर्दा रुकम जिल्लामा भने उनलाई पार्टीले साथ दिएको छैन ।
जनयुद्धका चार सह–कमाण्डरमध्येका एक जनार्दनलाई पार्टीमा सधैं ठाउँ दिइएको थियो । रामबहादुर थापा, वर्षमान पुन र नन्द किशोर पुनमध्ये थापा एमालेमा थन्किए भने नन्द किशोर दुई पटक उप–राष्ट्रपति भएर हाल सक्रिय राजीतिमा आएका छन् । पार्टीले उनलाई उपाध्यक्ष पद दिएको छ । जनार्दन उपमहासचिव हुन् । उनले त्यो पद पाएपछि सचिवालय बैठकमा सहभागी भए पनि बैठक पुस्तिकामा हस्ताक्षर गर्न छाडेका थिए ।

