काठमाडौं । अनिल कुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेको ३ महिना पुगिसकेको छ । बजार अनुगमन शुन्य हुँदा काला बजारीहरुले महङ्गी बढाएसँगै अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण भइरहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवाली विदेश घुम्नमा समय बिताइरहेका छन् । उनी टर्की भ्रमण गरेर गत शनिबार स्वदेश फर्किएको बताइन्छ । महानिर्देशक ज्ञवालीले बजार अनुगमन गरी अखाद्य वस्तु मिसावट गरी बिक्रिवितरण गर्ने व्यापारी र उद्योगीहरुलाई कारबाही गर्न सकेका छैन ।
उनै ज्ञवाली ठुला व्यापारी र तस्करहरुसँग मिलेमत्तो गरी कमिशनमा लिप्त रहेको बताइन्छ । जेनजी पुस्ताको आन्दोलनबाट बनेका मन्त्री सिन्हाले बजारमा अखाद्य वस्तु मिसावटदेखि महङ्गी नियन्त्रण गर्न सकेका छैनन् । महङ्गीकै कारण सर्वसाधारण जनताको घरमा चुलो बाल्न नसक्ने अवस्था सिर्जना हुदैँछ । यता मन्त्री अनिल कुमार सिन्हा र श्रीराम गुट्खाका मालिक कमल मालपानेसँग सेटिङ चलाइरहेका छन् । बजार अगुमगन भएको छैन । बजारमा खुलमखुल्ला रुपमा काजु किसमिस छोकडा, पेस्ता दानाको तस्करी भइरहेको छ । तर राज्यका सम्बन्धित निकाय भने गुमनाम भएका छन् । मन्त्रीकै कारण व्यापारीहरुले कालो बजारी गरिरहेका छन् । वाण्ज्यि तथा आपूर्ति विभागका महानिर्देशक रोशन ज्ञवालीले पनि अनुगमन नगर्नुको कारण मन्त्रीकै आदेशअनुसार भएको कर्मचारी स्रोतले उल्लेख गरेको छ ।
तत्कालीन विभागका महानिर्देशक कुमार दाहालले व्यापारी र उदोगीहरुलाई कारबाही गर्न खोज्दा उनलाई त्यहाँबाट सरुवा गरेर समावेशी आयोगतिर पठाइएको थियो । उनको ठाउँमा रोशन ज्ञवालीलाई महानिर्देशक बनाइएको थियो । तत्कालीन महानिर्देशक दाहालले ठुला व्यापारी र उद्योगीहरुको अनुगमन गरी अखाद्य मिसावट गर्ने व्यापारी र काजु पेस्ता किसमिस केराउ दानाहरु खुलमखुला व्यापार गर्नेहरुलाई कारबाही गर्न खोज्दा दाहाल सरुवामा परेका हुन् । आज तीनै महानिर्देशक ज्ञवालीले त्यस्ता व्यापारीमाथि अनुगमन गरी कारबाही गर्न सकेका छैनन् ।
उता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरी कारबाही गर्न सकेको छैन । मन्त्री सिन्हाले कानून, न्याय तथा संसदीय मामिला पनि सम्हालिरहेका छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय सम्हालेता पनि उपभोत्ता मारमा परिरहेका छन् । एकातिर न्यायलयबाट सर्वसाधारणले न्याय पाउन सकेका छैनन् भने अर्काेतिर कालाबजारी , अखाद्य मिसावट र विचौलियाहरुबाट सर्वसाधारण मारमा परिरहेका छन् । मन्त्री सिन्हा भने रमिते बनेर बसिरहेका छन् । मन्त्रीकै निकम्मापनको कारणले गर्दा बजारमा अखाद्य वस्तुहरुको विगविगी बढिरहेको छ ।
दुध, पानी, मिठाई, खजुुरी, मैदाबाट बनेका खानेकुराहरुमा पनि मिसावट भइरहेको पाइन्छ । खाद्यन्न पसलहरुमा मुल्यसुची राखिएको पाइदैन । खानेतेल, डालड घिउ, जस्ता पदार्थमा पनि मिसावट त्यत्तिकै छ । पसलैपिच्छे खाद्यान्नको भाउ फरक फरक रहेको छ । तर मन्त्री सिन्हाले त्यतातिर ध्यान नदिएर श्रीराम गोरखाका मालिक कमल मालपानीसँग मिलेर आर्थिक लाभ लिइरहेको स्रोतको भनाइ रहेको छ ।

