एमालेभित्र कनकन शुरू

राजनीति समाचार

काठमाण्डौं । सैद्धान्तिक र वैचारिक लडाईँ पार्टीमा छैन । नेपालका वामपन्थीहरूले देशका युवा कहिले नक्कली भुटानी शरणार्थी कहिले पर्यटकिय भिसामा विदेश पठाउने धन्दा राज्य केन्द्रीत प्रशासनिक तहबाट गरेका छन् । भौका पर्दा जडीबूटी तस्करी, रक्तचन्दन र सुन तस्करीमा समेत तीनै बामपान्थीको नाम जोडिन्थ्यो । जनादर्जन शर्मा अर्थमन्त्री बन्दा सिसी टीभीको तार काट्नेदेखि विदेशी स्यानिटरी प्याडमर राजस्व घटाएर नेपाली उत्पादनलाई २५ प्रतिशत कर लगाउने पनि वामपन्थी नै हुन् । कृषिवजारमा किसान ठग्ने विचोलियादेखि साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनीले भित्र्याएको अनुदानको रासायनिक मलमा कमिसन बढाएर व्यवसायी र किसानमाथी शोषणा गर्ने धेरै वामपन्थी नै छन् ।

कम्युनिष्ट पार्टीको नामा विकृति जगाउने र त्यो विकृति हटाउनुभन्दा बढाउने वामपन्थीहरुले अन्तर पार्टी एकताभन्दा बहुमतको आडम ‘हनुमान चालिसा’ प्रदर्शन गरिरहेका छन् । कम्युनिस्टहरुले देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतको रक्षा गर्छन् भन्ने भ्रम अब रहेन । सरकारी पदमा पुग्न,े झण्डा हल्लाउने सार्वजनिक सम्पत्ती दोहन गर्ने विचौलियामार्फत निर्णय गराउने जिम्मेवारी कम्युनिस्ट नेताहरुमै देखियो ।

आज देशले वामपन्थी एकता, विधिको शासन, कानूनी राज खोजेको छ । तर, कम्युनिस्टहरूकै नेतृत्वले सत्तामा नायक बन्दा मुलुकको जनविद्रोह थेग्न नसकेर सैनिकको साहरा लिनुपरेको थियो । लोकतन्त्रात्मक व्यवस्थाभित्र गणतंन्त्र प्रतिस्थापन नगर्द २०४ वर्षको राज वंशीय परम्परा ठलेपनि कम्युनिस्ट पार्टीमा महाराज कालीन रवैया बढ्दो छ । आजको युवा कसैको दासवन्दैन तर कम्युनिस्ट पार्टीमा दासहरु वढने क्रम छ ।

महाधिवेशन भयो, नेतृत्व चुनियो तर पहिलो केन्द्रीय समितिको बैठकको निर्णयको मसी नसुक्दै कार्यकर्ताले नपत्याएका निर्वाचनमा पराजीत भएको एउटा झुण्ड फेरी मूल नेतृत्वलाई सवक नै सिकाउला झै गर्न थालेको छ । जवकी निर्वाचित अध्यक्षले स्वस्थ्य प्रतिस्पर्धाको आधारमा जो जून पदमा चुनिए तीनले आफ्नो जिम्मेवारी पार्टीको हित र राजनीति निष्ठाका आधारमा चल्नुपर्छ भनेका छन् । अध्यक्षका प्रत्यासी दूधले नुहाएको र निष्ठा, त्याग र बलिदानका पारखी हुँदै होइनन् । तरपनि प्रतिस्पर्धा हँुदा जसले जतिमत पाए त्यो एमाले कै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *