काठमाडौं । केयुकेयलका कर्मचारी युनियनहरुले सिइओ अशोक कुमार पौडेलकको विरुद्धमा खानेपानी मन्त्री राजेन्द्र सिँह भण्डारीलाई ज्ञापनपत्र बुझाउन तयारी गरिरहँदा मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयबाट आइतबार हटाइएको छ । सरकारले खानेपानी मन्त्रीमा मदन परियारलाई नियुक्ति गरेको छ । त्यसले गर्दा केयुकेयलका कर्मचारी युनियनहरुले सिइओ अशोक कुमार पौडेलकोविरद्धमा ज्ञापनपत्र बुझाउन पाएनन् । एकातिर कर्मचारी युनियनहरुले ज्ञापन पत्र बुझाउन पाएनन् भने अर्काेतिर केयुकेयलका भ्रष्टाचार र विकृतिलाई हटाउने प्रयास पनि रोकिएको ।
प्रधानमन्त्री सुशिला कार्कीले नेतृत्व सम्हालेदेखि अहिलेसम्म ६ पटक गरेर मन्त्रीमण्डल विस्तार हेरफेर गरिरहेकी छिन् । जबकी निर्वाचन सरकारले मन्त्रीमण्डल विस्तार र हेरफेर गर्न कानूनीरुपमा गर्न पाइने छैन । तर मन्त्री कार्कीले कहिले मन्त्रीमण्डल नियुक्ति गर्ने र कहिले मन्त्री फेरबदल गर्ने, कर्मचारी सरुवामा हस्तक्षेप गर्ने काम गरेर बद्नाम हुन पुगेकी छिन् । कार्की बद्नाम मात्र भएकी र्छैनन् जेनजी पुस्ताहरुको माग समेत अलपत्र पर्दै गएको छ ।
त्यसले गर्दा भ्रष्टाचार विकृति र विसंगतिहरु बढदै गएको छ । उता, खानेपानी मन्त्रालय यतिबेला लथालिङ्ग अवस्थामा गुज्रिरहेको छ । खानेपानी मन्त्रालयका कर्मचारीहरुले इमान्दारीतापूर्वक काम गरेको पाइदैन । खानेपानी मन्त्रालयमा काम गर्ने वातावरण छैन । सचिवको केहि चल्दैन । खानेपानी विभागमा तत्कालीन मन्त्री प्रदिप यादव हुँदा डिजि भएर गएका कमल श्रेष्ठ आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीमा सरुवा भएर गएका थिए । अहिले लक्ष्मी उपाध्याय पिआइडीमा टिकिरहनको लागि एउटा खतरनाक गिरोह बनाएर परिचालन गरिरहेका छन् ।
जुन गिरोह कर्मचारी ठेकेदार पत्रकार र बर्तमान सरकारका नजिकका मान्छेहरु रहेका छन् । कमल श्रेष्ठ र लक्ष्मी उपाध्यायले केयुकेयलका सिइओ अशोक कुमार पौडेल र उनका बफादार मान्छेहरुलाई परिचालन गरेर केयुकेयल बोर्डलगायत केयुकेयल र पिआइडी ध्वस्त बनाउने काम हुदैँ आएको छ । पिआइडीमा विकेश वधानथाचे, अमित रञ्जित, मधु तिमल्सिनालगायतलाई परिचालित गरेर पिआइडी कब्जा गर्ने भ्याली बोर्ड कब्जा गर्ने, रणनीति बनाउन लागि परेका छन् ।
खानेपानी मन्त्रालयभित्र रमाकान्त दवाडी र रामकुमारलाई पेल्न हतकण्डा मच्चाउने विभाग अन्तर्गत आफ्ना नजिकका मान्छेहरुलाई महत्वपूर्ण स्थान दिने, अन्य विरोधी तह लगाउने, मन्त्रीका नजिकका मान्छेलाई लोभलालच दिएर मन्त्रीको नजिक हुने रणनीति लिएका छन् । उनीहरुले नै सधैँ बैठक, दारु मिटिङ गरेर खुराफाटीका योजना बनाइरहेका हुन्छन् । पिआइडीको पैसाको जिम्मा आयोजना उपनिर्देशन विकेश वधानथाच लिएका छन् ।
उनै निर्देशक प्रधानले ठेकेदारहरुबाट कल्सटटेन्सीबाट उठेको रकम राख्ने र बाडिचुडि गर्ने मुख्य पात्र रहेका छन् । प्रधान करिब ४ वर्षदेखि पीआइडीमा कार्यरत छन् । उनी पीआइडीबाट भ्रष्टाचार गरी धन थुपार्न सफल भएका छन् । त्यो पैसामा दशवर्षदेखि २० प्रतिशत खुरापाती र पावर सेन्टरमा खर्च गर्न माहिर छन् । उनी तीन चोटी सरुवा भएर पैसाको बलमा रोकिएका ठेकेदारहरुका प्रिय पात्र हुन् ।

