पर्यटनमा मन्त्री र सचिवको द्वन्द्व चर्कदैँ

राजनीति समाचार

काठमाडौं । अनिल कुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका छन् । सिन्हाले उद्योग र वाणिज्य आपूर्ति पनि सम्हालेका छन् । दुईवटा मन्त्रालय सम्हालेका सिन्हाले मन्त्रालयभित्रको विकृति र विसंगति हटाउनुपर्नेमा त्योनगरी आफ्नै तालमा काम चलाइरहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्रका बेतिकिा चाङ त्यत्तिकै छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि त्यस्तै अवस्थामा रहेको छ ।

सचिव रहेका छन् । मुकुन्द निरौला । उनी काला कांग्रेसी हुन् । कांग्रेस सरकार हुँदा निरौलालाई बागमती प्रदेश सचिवबाट उद्योग र वाणिज्य आपूर्ति मन्त्रालयमा ल्याइएको थियो । त्यसपछि उनलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो । तत्कालीन श्रममन्त्री शरदसिंहं भण्डारीले संघियबाट श्रम मन्त्रालय लगेका थिए । मन्त्री भण्डारीले निरौलालाई विश्वास गरेर मन्त्रालय लगेता पनि मन्त्रीको हितविपरित काम गरेको काठमाडौं उपत्यका बाहिर जाँदा सुरासुन्दरीसहित होटेलमा बसेको आरोप लाग्यो ।

आरोप लागेपछि मन्त्री र सचिवको खतपट सुरु भएको थियो । भण्डारी विदेश जाँदा आफ्नै प्रेमिका लिएर जानेगर्ने भने सचिव निरौला देश बाहिरजाँदा सुरासुन्दरीसहित होटलमा बस्ने गर्दथिए । एकदिन त स्वदेशबाहिर जाँदा मन्त्री र सचिवको एउटै कोठामा भेट भएपछि झन् मनमुटाव सुरु भएको स्रोतले उल्ले गरेको छ । त्यसयता मन्त्री र सचिवको पानी बाराबारको स्थिति सिर्जना भएपछि निरौलालाई सार्वजनिक खरिद तथा अनुगमन शाखामा सरुवा गरिएको थियो । श्रम सचिवमा कृष्णहरि पुष्करलाई लगिएको थियो । जेनजी सरकार बनेपछि सार्वजनिक खरिद तथा अनुगमन कर्यालयका निरौलालाई पर्यटनमा ल्याइएको थियो ।

पछिल्लो समय मन्त्री र सचिवको समन्वयकारी भूमिका नहुँदा पर्यटन मन्त्रालयभित्र विकृति र विसंगतिहरु झागिँदै गएका छन् । मन्त्रीले पनि पशुपति क्षेत्र विकास कोषमा मनपरीतरिकाले सदस्य सचिव नियुक्ति गरेको आरोप लागिरहेको छ भने सचिव निरौलालाई पर्यटन व्यवसायीहरुसँग मिलेमत्तो गरी दारुपानीमा रमाएको आरोप लागिरहेको छ । जेनजी सरकारका मन्त्रीहरुलाई सचिवले सहयोग नगरेको आरोप पनि त्यत्तिकै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले विश्वास गरेर रक्षा मन्त्रालयबाट रामेश्वर डंगाललाई गृह सचिवमा ल्याएका थिए ।

डंगालले गृहमन्त्रालयभित्रको बेलिबेस्तार एमाले पार्टीमा पु¥याएको, गृहसम्बन्धी काम नगरेको, बहाना बनाएर डंगाललाई गृहबाट हटाएर प्रधानमन्त्री कार्यालयमा रहेका रामकुमार श्रेष्ठलाई गृहसचिव बनाएका छन् । श्रेष्ठले गृहमन्त्रालयभित्र कस्तो भूमिका खेल्छन् त्यो हेर्न बाँकी रहेको छ । तर, अन्य मन्त्रालयका धेरैजसो सचिव सरुवामा परिसकेका छन् । सरुवा नपरेका सचिवहरु भौतिकका केशवराज शर्मा, शहरीका गोपाल सिग्देल र पर्यटन मन्त्रालयका मुकुन्द निरौला सरुवामा परेका छैनन् । जेजनी बाट बनेका मन्त्रीहरुले यी मन्त्रालयहरुमा सचिवको खोजी गरिरहेका छन् ।

जुन जोगी आएनि कानै चिरेको भनेझैँ भइरहेको छ । जुनसुकै वादि र समुहको सरकार बनेतापनि मन्त्री र कर्मचारीको समन्वयकारी भुमिका नहुँदा विकास निर्माणका कामहरु सधैँ ओझेलमा पर्दै गएका छन् । जेनजी आन्दोलनबाट भएगरेका विकृति र विसंगतिहरु यथावतै रहेका छन् । जेनजीहरुले पनि मन्त्री र सचिवसमक्ष नचाहिदो माग ते¥स्याएर काम गर्ने वातावरण दिएका छैनन् । शिक्षामन्त्री महाविर पुनले त जेनजीले लगेको मागलाई तपाईहरु चुनाव जितेर आउनुस्, आफैँ मन्त्री बन्नुस्, अनि तपाईको माग पुरा गर्नुन् भन्ने जवाफ मन्त्रीले फर्काएपछि जेनजीहरु मुकदर्शक बनेर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *