काठमाडौं । सरकारले खुलकूल क्षेत्रलाई हेर्ने दृष्टिकोण व्यवहारले गर्दा अधिकांश खेलाडीहरु खेलकूदबाट पलायन हुँदै गएका छन् । खेलकूलको नाममा खोलिएका विभिन्न क्लबहरुले पनि तिनै खेलाडीहरुलाई प्रयोग गरेर गठी खाने भाँडो बनाएका छन् । खेलकूलमन्त्री बारम्बार फेरिए तापनि नेपालका खेलाडीहरुलाई प्रोत्साहन दिन सकेका छैनन् । तर, विभिन्न संघसंस्थाहरु भने नेपालका खेलाडीहरुलाई प्रोत्साहित गर्नको लागिपरेका छन् ।
सरकारले खेलाडीप्रति गिद्देदृष्टि लगाइरहँदा भेटेरिनरी एशोसिएसनले खेलाडीहरुलाई प्राथमिकता दिएर प्रोटिनमाथिको अधिकारलाई आत्मसात गर्दै (राइट टु प्रोटिन रन) नामक हाफ म्याराथन (चौथो संस्करण) सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्दै छ । सो आयोजना प्रोटिनजन्य पदार्थमा सर्वसाधारणको बहुँच पु-याउन जनचेतना जगाउने उद्देश्यले आगामी माघ १२ गते हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको हो । दौड प्रतियोगिता कार्यक्रम दशरथ रंगशालाबाट सुरु भई सोही ठाउँमा समापन हुने भएको छ ।
आगामी माघ १२ गते हुने प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिलामा, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीहरुमा पुरुषलाई ५ किमि, महिलालाई ३ किमि, फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयरको व्यवस्थासहित पुरुष तथा महिला र बालबालिकाको लागि (रन फर रन) विधाका दौडहरु समावेश गरिएका छन् ।
यस कार्यक्रमको पुरस्कारको कूल राशी १७ लाख ६३ हजार ३ सय ३३ रुपैयाँ तेतीस पैसा रहेको छ । जसमा प्रथम पुरस्कार १ लाख ५० हजार रहेको छ भने द्वितीय १ लाख, तृतीय ७० हजार, चौथो ५० हजार र पाँचौं ३० हजार पुरस्कार राशी रहेको छ । पुरस्कार राशी महिला र पुरुष दुवै खेलाडीहरुको लागि समान रहेको जनाइएको छ । आफूले भाग लिएको विधामा दौड सम्पन्न गर्ने प्रतियोगीहरुलाई खाजा र मेडलको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा सहभागी लेखाडीहरुको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरुको व्यवस्था गरिएको जनाइएको छ ।
प्रतियोगिता व्यवस्थापनको लागि ५ सय जना स्वयं सेवकहरु परिचालन गरिने बताइएको छ । नेपाल एथलेटिक्स उशोसिएसनको मान्यता, सह आयोजना एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो प्रतियोगितालाई United States Soybean Export Council (USSEC) को मुख्य प्रयोजन, पशुसेवा विभाग र नेपाल दाना उद्योग संघको विशेष सहयोग रहेको जनाइएको छ । त्यसैगरी कार्यक्रमको हस्पिटल पार्टनर Primera Hospital टिकेटिङ पार्टनर ESewa, फुड पार्टनर KBAGRO, हस्पिटालिटी पार्टनर Kathmandu Marriott Hotel and Fairfield by Marriott रहेको जनाइएको छ ।