रवि र बालेनको ‘नौ टंङ्की’ले पाउला त देशले निकास ?

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले आफ्नो चुनावी प्रचारको लागि युटुब च्यानलहरु प्रयोग गर्न ५ सयभन्दा बढी आइफोन वितरण गरेको बताइन्छ । बालेनले आईफोनबाट सामाजिक सञ्जाल प्रयोग गरी आफ्नो गतिविधि अगाडि बढाउन समर्थकलाई आइफोन वितरण गरेका छन् । तर, अन्य राजनीतिक दलहरुले चुनावी प्रचार गर्न सकेका छैनन् ।

बालेन, रवि र कुलमान मिलेको दुई हप्ता नपुग्दै फाटो आएको छ । कुलमान रास्वपाबाट एक्लिपछि आफैले खोलेको उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्न पुगेका छन् । कुलमान राजस्वपामा उपाध्यक्ष भएर गएका थिए । अब फुट्न बाँकी बालेन र रविको छ । भावी प्रधानमन्त्री बन्ने योजनामा रहेका बालेन शाहको यतिबेला निदहराम हुन पुगेको छ । प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिन काठमाडौंको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । आगामी माघ ६ गतेभित्र निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिसक्नुपर्ने बताइएको छ । तर, पुस मसान्तसम्म पनि बालेनले मेयरबाट राजीनामा दिएका छैनन् ।

बालेनले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन्छन् भन्ने पनि निश्चित छै्रन । उता, रास्वपाका सभापति रवि लामिछानेको हालत पनि त्यस्तै छ । अहिलेसम्म कुन जिल्ला र कुन क्षेत्रबाट चुनाव लड्छन् एकिन छैन । गत विर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रवि सहकारी काण्डमा जेल परेका थिए । रविलाई जेलबाट निकाल्न चितवनवासीहरुले आवाज उठाए तापनि सफल भएका थिएनन् । तर, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मौका छोपी गृहमन्त्रालयको नक्कली पत्र बनाएर जेलबाट रवि भागेका थिए ।

रवि जेलमुक्त भएको विषयमा चारैतिरबाट आलोचना भएपछि फेरि जेलमै फर्केका थिए । पुनः जेलमा पुगेपछि रविले मलाई सहकारी गठीको आरोप लागेअनुसारको विगो तिर्छु जेल बाहिर बसेर मुद्दा लड्न पाऊँ भनी उच्च अदालतमा आवेदन दिएका थिए । उच्च अदालतले रविलाई लागेको आरोपको बिगो अनुसारको धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले जेलमै राखेर छानविन गर्नुपर्ने आदेश दिए तापनि उच्च अदालतले सर्वोच्चको आदेश विपरीत काम गरेको छ । आज तिनै रवि आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरिरहेका छन् । रविले चुनाव जितिहाले तापनि उनले प्रतिनिधि सभाको सदस्य भएर काम गर्न पाउने छैनन् । रवि सहकारी ठगी, दोहोरो नागरिकता र पोसपोर्टको काण्डमा मुछिएर जेल परेका थिए । उनको मुद्दा अझै पनि सवोच्चले विचाराधिन अवस्थामा राखेको छ ।

उता, बालेन शाह सामाजिक सञ्चालमार्फत् राजनीतिक दलका नेता र छिमेकी देशहरुलाई गालीगलौज गर्नेमा पर्दछन् । त्योसँगै गत भदौ २४ गतेको जेनजी आन्दोलनले सिंहदरबार आसपास क्षेत्र आगजनी गरीले ध्वस्त हुँदा रमिते बनेका थिए । आज तिनै रवि र बालेन शाहहरु मिलेर राष्ट्रिय स्वतन्त्र पार्टी खडा गरेका छन् ।

सिंहदरबार र न्यायालय ध्वस्त हुँदा रमिते बनेर बस्ने बालेन भावी प्रधानमन्त्री बन्न खोलिरहेका छन् । तीनै बालेन यो देशको प्रधानमन्त्री बनेको खण्डमा देशलाई द्वन्द्वतिर धकेल्ने हुन् कि भन्ने प्रश्न पनि यतिबेला सर्वसाधा जनतामा उजागर हुन थालेको छ । सर्वसाधारणहरुले बालेन र रविको बारेमा सोच्नुपर्ने अवस्था आएको छ । तर, काठमाडौंका जनताले त्यो क्षमता राख्ने देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *