देउवासँग सति जानेहरुको बिजोग

राजनीति समाचार

काठमाडौं । पार्टी अध्यक्ष र सभापतिले गरेका गल्ती छोप्दै आफ्नो स्वार्थको लागि पार्टीप्रतिको त्याग, बलिदान, सद्भाव र अनुशासित भएकाहरु कमाउधन्दाका पात्र हुँदैनन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामा यो गुन छ । त्यही कारण कांग्रेसमा सभापति शरबहादुर देउवासँग सति गएकाहरु अब पार्टीमा ठाडो शिर लगाउन नसक्ने भएका छन् ।

झण्डै ६५ प्रतिशत हाराहारीको संख्यामा उपस्थित भएका विशेष महाधिवेशन प्रतिनिधिहरु हिजो शेरबहादुर देउवा, डा. शेखर कोइराला, रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको टिममा थिए । सानै गुट भए पनि कृष्णप्रसाद सिटौलाले देउवालाई सघाएका थिए । संघीय संसदमा प्रतिप पौडेल, उमाकान्त चौधरी, कोशी प्रदेशमा उद्धव थापा, बागमतिमा कुन्दन काफ्लेलाई सांसद बनाए । उनीहरु सबै मन्त्री पनि भए । यीनले कमाएर सिटौलालाई धनी बनाए । तर, पार्टीको बदनाम गराए । यसपटक कांग्रेस विशेष महाधिवेशनको मुखमा तीनै सिटौला बढी जान्ने भए । प्रदीप र कुन्दनको शाखसमेत सकिदिएका छन् । किन कि ती हिजो गगनका थिए ।

सभापति देउवालाई अरुभन्दा बढी विश्वास सिटौलाप्रति थियो । विजय कुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाश शरण महत भने सभापति देउवालाई प्रयोग गरेर स्वार्थ पुरा गर्ने व्यक्ति हुन् । तर, त्यसमा सिटौलाले धोका दिए । देउवालाई सही सुझाव दिने मान्छे भएनन् । उनलाई भेट्टाउन पैसा खाने भानु देउवा जस्तै एमालेमा विष्णु रिमाल, माओवादीमा रमेश मल्लजस्ता भ्रष्टहरु थिए र छन् । आज एमाले अध्यक्ष ओली पक्षमा उभिएको छ । कांग्रेसमा हिजो डुुक्रिएकाहरुबाट पार्टी बचेन ।

विभाजित नभए पनि अब कांग्रेसले नीति अधिवेशनका रुपमा लैजाने प्रण गर्न सभापति पुग्नुमा डा. शेखर आफू उपस्थित हुनुपथ्र्यो । तर, जो विशेष महाधिवेशनमा गएन उसको कतै कल्याण हुँदैन भन्ने थहाँ हुँदाहुँदै पनि सति जान तयार भएका प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधिहुँदै डा. प्रकाश शरण महतसम्मको स्वार्थको अचानोमा पर्दा भाउजुका अपराध दबाउने गगन थापषको हालत के हुन्छ ? कसैले भनेका छैनन् । पार्टीको विभाजन होइन, कार्यकर्ताको सम्मान आजको कांग्रेसले खोजेको हो । अन्य पार्टीमा पनि त्यहीँ खोजिनुपर्छ । तर, कम्युनिस्टहरुमा त्यो लागु हुँदैन । किन कि त्यहाँ सेवकले भनेपछि पेल्ने चरित्र हावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *