उद्योग र कम्पनी रजिष्ट्रार घुसखोरीको रणमैदान

राजनीति समाचार

काठमाडौं । जेनजी सरकारका उद्योग, वाणिज्थ्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाको काम फागुन २१ गते निर्वाचन सम्पन्न गराउने मात्र थियो । तर, मन्त्री सिन्हाले निर्वाचनभन्दा भ्रष्टाचार, विकृति र विसंगतिलाई प्रोत्साहन गर्दै लगेका छन् । मन्त्री सिन्हाले महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा त्यो नगरी बजार अनुगमन पनि गर्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको काम लथालिङ्ग अवस्थामा छ ।

वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरेले पनि बजार अनुगमन गरी कालाबजारिया र अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण गर्ने व्यापारीहरुलाई कारबाही गर्न सकेका छैनन् । बजार अनुगमनमा महिला कर्मचारीलाई विभागमा राखेर भ्रष्ट स्वभावका पुरुष कर्मचारीलाई पठाई कमाउधन्दामा व्यस्त रहेको स्रोतको दावी छ । बजार अनुगमनमा एकातिर मन्त्री र सचिवको ध्यान नजानु अर्कोतिर महानिर्देशक रोशन ज्ञावली मुकदर्शक बन्नुले पनि काजारिया र माफियाहरुलाई फाइदा पुगेको छ । तर, बजारमा अखाद्य वस्तुहरु छ्यापछ्याप्त विक्रीवितरण हुँदा सर्वसाधारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

अर्कोतिर उद्योग विभागको हालत त्यस्तै छ । विभागका कर्मचारीले दर÷रेट नै तोकेर उद्योगी, व्यापारीहरुसँग नविकरण, म्याद थप, नयाँ दर्ता जस्ता काममा ३० देखि ५० हजार सम्म घुस असुल्ने गरेको कर्मचारी स्रोतले बताएको छ । त्यसमा शाखा अधिकतृ सन्तोष श्रेष्ठ र नासु सुमन पोखरेलको हालीमुहाली चलिरहेको रहेको बताइन्छ । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञावली र निर्देशक पशुपति पुरी कमिसनमै मस्त रहेका छन् । केही साता अगाडि उद्योग मन्त्रालयमा बोर्ड बैठक बसेर क्रसर दर्ता तथा नविकरण गर्दा करोडौंको खेल भएको स्रोतले उल्लेख गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री जुनसुकै पार्टी वा स्वतन्त्रबाट बनेको भए तापनि सर्वसाधारण जनताहरु सधैं मारमा पर्ने गरेका छन् ।

लेनदेनको खेलोफड्कोकै कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु ३ महिनादेखि ६ महिनाभन्दा बढी टिक्न सक्दैनन् । हालका सचिव द्वय बुर्लाकोटी र घिमिरे भने ६ महिना पुरा हुँदा पनि सरुवामा परेका छैनन् । उद्योग विभागमा कर्मचारीको सेटिङले गर्दा उद्योगी, व्यवसायीहरु त्रसित बन्न पुगेका छन् । तर त्यस्ता विषयमा न त मन्त्रीले ध्यान दिएका छन् न त सचिवहरुले नै । जुनसुकै पार्टी र समूहको सरकार बने तापनि उद्योग विभाग र कम्पनी रजिष्ट्रार कार्यालयमा सधैं विचौलिया र कर्मचारीहरुको घुस खाने मैदान बन्ने गरेको छ । जेनजी सरकारका मन्त्री अनिल कुमार सिन्हाले पनि तत्कालीन मन्त्रीकै शैलीमा काम गरिरहेका छन् । त्यसकारण जुन सरकार आएपनि मन्त्री नाम मात्रै फरक काम एउटै हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *