दुई खलनायक निर्वाचित होलान् त !

राजनीति समाचार

काठमाडौं । यतिबेला देश निर्वाचनमय भएको छ । दलहरु उम्मेदवार छानिसकेका छन् । टिकट पाएका उम्मेदवारहरु निर्वाचन क्षेत्रमा असन्तुष्ट कार्यकर्ता फकाउन व्यस्त छन् भने टिकट नपाएका नेताहरु विषय लागेका माछा जस्तै रनथनिएर झोक्राउन थालेका छन् । कोही आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर गाउँ पसेका छन् । चितवन २ बाट सहकारी ठगी काण्डमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार बनेका छन् । काठमाडौंका मेयर बालेन शाहले मेयरबाट राजीनामा दिएर झापा ५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् । बालेन र रवि दुवै बद्नाम छविका व्यक्ति हुन् ।

स्वतन्त्रबाट काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन शाहले दलका नेताहरुलाई गालीगलौज गर्नुको साथै सिंह दरबार जलाउन सहयोग पु¥याउने काम गरेका थिए । काठमाडौंको मेयरको उम्मेदवार बनेको बेला काठमाडौंको फोहोरलाई मोहोर बनाउछु भनेर जनतालाई झुक्याएर निर्वाचित भएका थिए । काठमाडौंको मेयरमा निर्वाचित भएपछि सुकुम्वासीहरुलाई उठिवास लगाउनुको साथै फुटपाथे व्यापारीहरुलाई घरनघाटको बनाएका थिए । बालेनकै कारण काठमाडौंको फुटपाथमा सानोतिनो व्यापार गरी हातमुख जोर्ने निमुखा सर्वसाधारणको मुख मोस्नुेदेखि सहकारी संस्थाहरुलाई डुबाउने काम गरेका थिए ।

चुनावका बेला काठमाडौंको फोहोरलाई मोहोरमा बदल्छु भनेर हवाला दिएका शाहले मेयर बनेपछि त्यही फोहोर उठाएर बन्चरे डाँडामा थुपार्दा त्यस आसपासका स्थानीयहरुलाई क्यान्सरलगायतका विभिन्न घातक रोग लाग्ने गरेको गुनासो छ । उता, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकारीलाई उकासेर देशै तहसनहस बनाउने काम गरेको आरोप शाहमाथि सर्वसाधारणले लगाइरहेका छन् । त्यसकारणले गर्दा काठमाडौंबाट चुनाव नजित्ने देखेपछि झापातिर पुगेका छन् । त्यहाँ पनि केपी ओलीसँग प्रतिस्पर्धा गर्दै छन् ।

अर्कोतिर चितवन २ बाट उम्मेदवार बनेका रवि लामिछाने पाँचवटा सहकारी ठगी गरेको र सम्पत्ति सुद्धिकरणमा आरोपित व्यक्ति हुन् । रविले सहकारी पीडितको पैसा तिर्ने शर्तमा धरौटीमा निस्किएका हुन् । काण्डैकाण्डमा मुछिएका रविलाई चितवन २ का बौद्धिक जनसमुदायले पहिलाको जस्तै निर्वाचित गराएर पठाउँछन् कि सजाय दिन्छन् त्यो हेर्न बाँकी छ । जहाँसम्म बौद्धिक समुदायहरुले सहकारी ठगीदेखि सम्पत्ति सुद्धिकरण लगायत विभिन्न काण्डमा मुछिएका रविलाई मत दिने सम्भावना क्षिण हुँदै गएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *