काठमाडौं । तत्कालीन भौतिक पूर्वा तथा यातायातमन्त्री कुलनमान घिसिङले राजीनामा दिएपछि त्यसको जिम्मेवारी वनमन्त्री माधव चौलालाई दिइएको छ । वनमन्त्री चौलागाईँले भौतिक मन्त्रालयको पनि जिम्मेवारी पाएपछि भौतिक मन्त्रालयअन्तर्गतको काम झन् थलालिङ्ग अवस्था भएको छ । तत्कालीन मन्त्री घिसिङले पनि पुराना ठेक्का तोडेर नयाँ ठेक्का नलगाउँदा यस आर्थिक वर्षको विकास निर्माणका कामहरु अलपत्र परिरहेका थिए । चौलागाईँले पनि भौतिकको कामलाई प्राथमिकता दिन सकेका छैनन् । किन कि उनी मन्त्री भएको केही दिनमै चुनावी व्यस्तता बढेपछि भौतिकको काम अलपत्र पर्ने भएको छ । वनमन्त्री चौलागाईँले पूर्व वनमन्त्री ऐनबहादुर शाहीका सल्लाहकार हेमराज न्यौपानेलाई नै आफ्नो सल्लाहकार राखेपछि विवादमा पर्दै आएका छन् । वनमन्त्री चौलागार्इँका सल्लाकार न्यौपानेले जुम्लामा एनजीओ चलाउँदै आएका थिए । न्यौपानेकै कारण तत्कालीन मन्त्री शाही बद्नाम हुन पुगेका थिए । सल्लाहकार न्यौपानेले वनमन्त्रालयमा बसेर एनजीओमार्फत विभिन्न धन्दा चलाउने गरेको आरोप छ ।
तिनै न्यौपानेलाई हालका मन्त्री चौलागाईँले सल्लाहकार राखेर वन र भौतिक मन्त्रालयमा रजगज गरिराखेका छन् । तत्कालीन मन्त्री ऐनबहादुर शाहीकी जेठी श्रीमतीका छोरा राजेन्द्र शाही र सल्लाहकार न्यौपानेबीचको मिलेमतोमा वन र भौतिक मन्त्रालयको दोहन भइरहेको मन्त्रालय स्रोतले उल्लेख गरेको छ । हुन मन्त्री चौलागाईँ पनि छेरापाराले रंग फेरेझैं विभिन्न राजनीतिक दल फेर्दै जेनजी सरकारको प्रगतिशील मन्त्री पुगेका व्यक्ति हुन् । त्यसले गर्दा मन्त्री चौलागाईँले एनजीओकर्मी न्यौपानेलाई सल्लाहकार राख्नु अनौठो कुरा होइन ।
भ्रष्टाचार अन्त्य र शुशान कायम गर्ने भनेर बनेको जेनजी सरकारका मन्त्रीहरु पनि नेपाली नै हुन् । नेपालमा जुनसुकै समूहबाट मन्त्री बने तापनि उनीहरुको काम कमाउ धन्दा चलाउने नै हो । त्यसैलाई निरन्तारता दिँदै मन्त्री चौलागाईँ कमाउ धन्दामा लिप्त रहेको मन्त्रालय स्रोतको दावी छ ।
वनमन्त्रालयमा बदनाम भएका सल्लाहकार न्यौपानेलाई फेरि भौतिक मन्त्रालयको पनि सल्लाहकार बनाएपछि विकास निर्माणका काम लथालिङ्ग भएको छ नै मन्त्रालय पनि बद्नाम हुने भएको छ । भौतिक मन्त्रालय बद्नाम गर्नको लागि भौतिक सचिव केशव शर्मालाई शिक्षा मन्त्रालय पठाउने र शिक्षा सचिव भौतिकमा ल्याउने चलखेल भइरहेको थियो । तर, उनको जागिरे अवधि छोटो भएको र भौतिकको ज्ञान भएको कारण सरुवाबाट थमौती भएका छन् ।
ैपानेलाई फेरि भौतिक मन्त्रालयको पनि सल्लाहकार बनाएपछि विकास निर्माणका काम लथालिङ्ग भएको छ नै मन्त्रालय पनि बद्नाम हुने भएको छ । भौतिक मन्त्रालय बद्नाम गर्नको लागि भौतिक सचिव केशव शर्मालाई शिक्षा मन्त्रालय पठाउने र शिक्षा सचिव भौतिकमा ल्याउने चलखेल भइरहेको थियो । तर, उनको जागिरे अवधि छोटो भएको र भौतिकको ज्ञान भएको कारण सरुवाबाट थमौती भएका छन् ।

