अझै षड्यन्त्रमै छ यीनको ध्यान

राजनीति समाचार

सम्पादकीय
काठमाडौं । सत्ता छलकपटमै रमाउने र आफ्नो मात्र योजनामा खुसी हुनेहरुबाट देश बन्दैन । नेपाली कांग्रेसको त्यो रोग नेकपा एमालेमा पनि सरेको छ । एमालेको नेतृत्व केपी शर्मा ओलीले लिएपछि त्यस्तो धूत्र्याईँ र छलकपटका खेलमै राज्यसत्ता प्रयोग भएको छ । राष्ट्रिय सभाको १८ रिक्त पदमा माघ ११ गते चुनाव हुँदैछ । संघीय संसद भंग भएकोले प्रदेश संसद र स्थानीय तहका प्रमुख उप–प्रमुख मतदाता छन् । यो निर्वाचनमा तीनैको मतबाट संसद बन्न एमाले र कांग्रेसले ९÷९ जना खटाएका छन् भने राष्ट्रपतिको मनोनित गर्ने एक जना कांग्रेसकै समर्थक हुनेछन् ।

यो निर्वाचन जित्न एमाले र कांग्रेसले गठबन्धन गर्नु जरुरी थिएन । नेपाली कम्युन पार्टी तेस्रो थियो । मधेस प्रदेशमै मधेसी दल निर्णायक थिएनन् । तर, कांग्रेस र एमालेले जसरी गठबन्धन गरे त्यो गठबन्धन राष्ट्रिय सभाको अध्यक्ष रहेका नारायण दालहाको पदीय धरातल खोस्नुमा केन्द्रित छ । राष्ट्रि सभामा अब कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो दल हुँदैछन् । पहिलो र दोस्रो मिल्दा अध्यक्षमाथि अविश्वास प्रस्ताव राख्न सकिन्छ । यो खेलमा एमाले अध्यक्ष ओली लागेका छन् । जेनजी पुस्ताले अरुतिर केपी ओली र उनको टीमको बदख्याईँ गरे तापनि संसदीय छायाँभित्र खेल्ने अवसरवादी ठाउँ र स्थानमा भने कांग्रेसको देउवा गुटको साथ लिएर आफ्नो काम गर्न एमाले सफल हुँदैछ ।

एमाले र कांग्रेस भनेका पद र कुर्सीका लागि एक हुने शत्ति भएको चिनाउन पनि राष्ट्रिय सभा अध्यक्षमा आफ्नै टीम लैजाने उनीहरुको तयारी हुँदै छ । ओली र देउवाको संघीय संसदमा समेत संयुक्त उम्मेदवारी दिने योजना थियो । तर, कांग्रेसभित्रको आन्तरिक संरचनाले यिनीहरुको सोचमा खैलाबैला ल्याउँछ भन्ने कल्पना नहुँदै यो तयारी भएको हो । यदि राष्ट्रिय सभा अध्यक्ष पद दुई ठूला दलले खोसे भने तीनको अपेक्षा विपरित सन्देश जाने राजनीतिक विश्लेषकहरुको धारणा छ । त्यस्तो धारणाले अहंकारीलाई छुँदैन ।

राष्ट्रिय सभा स्थायी संसद हो । त्यहाँको लागि उमेर छुट्याइएको छ ।विषयविज्ञबाट योग्यता भनिएको छ । तर नेपालमा कानुन अनुसार राष्ट्रिय सभाको क्षेत्र र अधिकार प्रयोग गर्न ठूला दलले दिएका छैनन् । जहाँ नेताका विस्वासपात्र र आफन्तहरुको जागिर खाने थलो बनाउँदा संसदीय गरिमामाथि पनि असर पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *