प्रचण्ड केन्द्रित प्रचारले माधवको छटपटी

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेसँग चोइटिएर बनेको माधव नेपालको पार्टी एकीकृत समाजवादीले माओवादीलाई विचार, सिद्धान्त र कार्यक्रममा लगाएको धमास दिँदै अन्तरकुन्तर पार्टी एकतामा जित भएको डंका चुटेपनि पार्टीको स्वरुप प्रचण्डमै केन्द्रित हुँदा माधवलाई छटपटी भएको छ । प्रचण्ड जहाँ जान्छन् त्यहाँ उनकै क्रेज छ । उनको पछि लागेर गएका माधव नेपालको क्रेज कतै छैन । अर्का नेता वामदेव गौतम र डा. भीम रावलको हाइहाई छ । तर, माधव नेपाललाई केपी ओलीले अख्तियारलाई दबाब दिएर पतञ्जली जग्गा काण्डमा फसाइदिएकै कारण माधवको क्रेज खस्केको हो ।

नेपाल प्रधानमन्त्री हुँदा न.चन्द्रागिरी केवलकारले सामुदायिक वनको ५ सय रोपनी जमीन ३५ वर्षका लागि लिजमा लिएको थियो । लिज अवधि बढाउँदै जानेगरी चन्द्र ढकाललाई सुम्पँदा त्यसको फल खाने विष्णु रिजाल गाडी चढ्ने धोको बोकेर दैलेखबाट काठमाडौं छिरेर करोपति भएका छन् । उनको जागिर छैन, उद्योग धन्दा छैन । खाली एमालेको प्रचार विभाग सदस्य भत्ता आउने घरभाडा पाउने पद थिएन । पार्टी विभाजनमा माधवलाई उचालेर धोका दिने १२ भाइभित्रका योगेश भट्टराई उपमहासचिव भए, गोकर्ण विष्ट उपाध्यक्ष भए । एमाले अध्यक्ष ओली प्यानलका विष्णु रिमाल र गुरु बराललाई तीनले पराजित गरेका थिए । त्यो टीमबाट रघुजी पन्त मात्र ओलीको समूहका उम्मेदवार थिए ।

झपट बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावली, काशीनाथ अधिकारी, केशव बडालजस्ता पुराना नेताले सक्रिय राजनीति युवालाई सुम्पेर विश्राम लिँदा अझै समाजवादी क्रान्तिमा होमिएका माधव नेपाललाई पार्टी एकता गरेर पनि सन्तुष्टि मिलेको देखिँदैन । उनले प्रचण्डको क्रेज र प्रचार सहन नसकेर व्यक्ति केन्द्रित प्रचार बन्द गर्न आग्रह नै गर्नुपरेको छ । काठमाडौंको कला संस्कृतिसँगै ऐतिहासिक वागमती बँचाउ अभियान्ता सुमन सायमीको नेपाली कम्युनिष्ट पार्टी प्रवेश कार्यक्रममा सह–संयोजक माधव नेपालले गरेको आग्रहले उनमा छटपटी बढेको संकेत गर्छ । मान्छे पार्टी प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमध्ये धेरैको स्वार्थ पद प्राप्तिमा छ । आवश्यकता र औचित्य अनुसार संघ, प्रदेश र स्थानीय तहमा दिने अवसरले कत्तिको चित्त बुझ्छ । नेकपाको भावी रणनीति त्यसैमा निर्भर गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *