काठमाडौं । क्रान्तिकारीताको गुड्डी हाक्ने, धम्क्याउँदै दाम संकलन गरेर देखावटी कम्युन सञ्चालन गर्न कपिलवस्तुमा कृषि मर्फ चलाएर कम्युनिस्टको चिनारी दिएका नेकपाका नेत्र विक्रम चन्दको ओरालो यात्रा सुरु भएको छ । पाँच वाम तथा सभाजवादी धारका शक्तिहरुको बीचमा बनेको मोर्चाका कमान्डर नेत्रविक्रम चन्द चुनाव लड्न पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराए पनि एक्लै चुनावमा भिड्ने अवस्था बनाउँदा जेनजी आन्दोलनको शुरुवातका अगुवा मिराज ढुंगानासँग मिल्न पुगका छन् । ढुंगानाले आन्दोलनको रुपरेखा तयार गरे तापनि भाद्र २३ र २४ जेनजी आन्दोलनमा सडकमा आएनन् । बरु ‘हामी नेपाल’का सुदन गुरुङ काठमाडौंका तत्कालीन मेयर बालेन शाहले उपलब्ध गराएको पानी वितरणमा देखापरेका थिए । जेनजीले उठाएका मुद्दाको सम्बोधन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जसरी गरे अरु दलहरुले त्यसमा चासो दिएनन् ।
जेनजी आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कारण भएको थियो । आन्दोलनका क्रममा प्रधानमन्त्री ओली ज्यान जोगाउन हेलिकप्टर चढेर भागेका थिए । तर जनताको आवाजमा सुनुवाइ भएन । सेनाको पहलमा सेनाकै सुरक्षामा रहेका नेताहरुको सम्बन्ध र सुझावले जेनजी आन्दोलन सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल वाध्य भएका थिए ।
त्यतिबेला पनि मिराज ढुंगाना कतै देखिएका थिएनन् । जब प्रधानमन्त्री शुशिला कार्की नियुक्ति भइन तब मिराज ढुंगाना जेनजीको माग लिएर कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ भन्न झुल्किए । जब कि संसद भंग गर्न तत्कालीन सरकार अपदस्त गरिएको थियो । जेनजीका नाउमा मन्त्री भएकाहरुले कस्तो काम गरेका छन् ? चुनाव समयमा सम्पन्न गर्न आन्दोनका दोषीमाथि कारबाही हुनुपर्छ भन्ने आवज ठूलो छ । तर, चुनावका लागि सबै तयारी हुँदा यी मिराजहरुले नेत्रविक्रम चन्द जस्तो अराजकसँग कस्तो कार्यगत एकता गरेका हुन् त्यो शंकास्पद छ । चन्दको अराजकताले विगतमा पार्टी प्रतिबन्ध भएको थियो ।

