निजी क्षेत्रबाट गनर्भर बन्नेहरुको सपना चकनाचुर

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकको १९औं गभर्नर बन्नको लागि निजी बैंक, वित्तिय संस्थादेखि अर्थमन्त्रालयका पूर्वकमर्चारी र राष्ट्र बैंककै पूर्वकर्मचारीहरु समेत लागिपरेका थिए । आधादर्जन बढी आकांक्षीहरु गभर्नर बन्ने दौडमा रहे तापनि कांग्रेस र एमालेबीच भागबन्डाको रस्साकस्सीले गर्दा राष्ट्र बैंकको गभर्नर कांग्रेस र एमालेमध्ये कसको भागमा पर्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।

भन्नको लागि कांग्रेसले भगर्नर लिने र निर्वाचन आयोग एमालेले लिने भनिएको छ । कांग्रेसका अर्बपति सांसद विनोद चौधरी नविल बैंकका सिईओ ज्ञानेन्द्र ढूगानालाई राष्ट्र बैंकको गभर्नर बनाएर आफ्नो कालाकर्तुत लुकाउन लागिपरेका थिए । तर, व्यापारिक घराना चौधरीको त्यो सपना चकनाचुर भएको छ । चौधरीले ढुंगानालाई अगाडि सारे तापनि कांग्रेसले राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक गुणाकर भट्टालाई गभर्नर बनाउने योजना बनाएको थियो । त्यो योजना पनि सरकारले गभर्नर बनाउने मापदण्ड परिवर्तन गरेपछि असफल भएको छ । मापदण्ड परिवर्तन गरेपछि अब राष्ट्र बैंकका पूर्व कर्मचारी अथवा अर्थमन्त्रालयका पूर्वकर्मचारीहरुलाई गभर्नर बन्ने बाटो खुला भए को छ । त्यसले गर्दा हालकी डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिना गभर्नर नबन्ने पक्कापक्की जस्तै भएको छ । गभर्नर बनाउनको लागि दीपक भट्टले कांग्रेस र एमालेभित्र हालो समयदेखि खेल्दै आएका थिए ।

मापदण्ड परिवर्तन भएपछि निजी बैंक, वित्तीय संस्थाका सिईओहरु राष्ट्र बैंकको गभर्नर बन्न खोज्नेहरुको निद हराम भएको छ । कांग्रेसको पिठ्युमा चढेर आफूलाई नेपालकै शक्तिशाली बंैकर्स ठान्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डले पनि निजी बैंकका सिईओलाई गभर्नर बनाउन लभिङ गरिरहेका थिए । पाण्डेको पनि “सपना सबै उडायो हुरीले” भनेझैं भएको छ । छायाँदेवीको जग्गा हडपेर रातारात अर्बपति बनेका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र ज्योतिप्रकाश पाण्डेले मेगा बैंकलाई इन्भेष्टमेन्ट बैंकमा गाभेर मेगा बैंकको सम्पत्ति हात पार्न सफल भएका थिए । इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक गाभिएपछि दुई बैंकका कर्मचारीबीच लडाईँ हुँदा मेगा बैंकबाट आएका कर्मचारीहरुलाई पाखा लगाउने काम भएको थियो ।

कर्मचारीबीचको झगडाले गर्दा इन्भेष्टमेन्ट मेगा बैंकले ३८ औं साधारणसभा समेत समयमा गर्न सकेको थिएन । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको टसलले गर्दा सर्वोच्च अदालतमा रिटसमेत परेको थियो । उनै पाण्डेले रातारात बैंक माफिया र लगानी बोर्डका दीपक भट्टराई प्रयोग गरेर न्यायाधीशहरुलाई प्रभावमा पारी सर्वोच्चमा परेको मुद्दाको फैसला आफ्नो पक्षमा पारेका थिए । सो मुद्दाको फैसला भएपछि गत फागुन १५ गते बैंकको ३८ औं साधारणसभा सम्पन्न भएको थियो । उक्त साधारण सभाबाट पृथ्वीबहादुर पाण्डे पुनः अध्यक्ष बन्न सफल भएका छन् । पाण्डे अध्यक्ष भए तापनि बैंक भने भित्रभित्रै खोक्रो बनिरहेको छ । बैंकभित्र एमाले र कांग्रेस निकट कर्मचारीहरुको द्वन्द्व चलिरहेको छ ।

बैंकको गतिविधि बाहिर नजाओस् भनेर बजारमै नदेखिने पत्रपत्रिका र दर्ताबिना सञ्चालित केही अनलाइन पोर्टलहरुलाई करोडौंको विज्ञापन दिएर आफ्नो कलाकर्तुत लुकाउने काम गरेको स्रोतको भनाइ छ । वार्षिक साधारणसभामा प्रंकाशित स्मारिकामा बैंकको हरहिसाब र गतिविधि पढ्नै गाह्रो हुने गरी साना अक्षरमा प्रकाशित गरिएको थियो । त्यसको बारेमा पनि शेयर धनीहरुले व्यापक असन्तुष्टि जनाएका थिए । त्योसँगै शेयरधनीहरुले लाभांश नपाएपछि सर्वत्र असन्तुष्टि छाएको छ । अहिले इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक र सिईओको भन्दा मार्केटिङ गर्नेहरुको हालीमुहाली हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *