काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले छ ।
सभा सुरु हुनुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको हो । राप्रपाले मंगलबार काठमाडौंमा गर्ने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ ।
राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।
प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको रहेको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ,भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।
लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।