सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

राजनीति समाचार

काठमाडौं । बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर आजै उनलाई भैरहवा कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *