काठमाडौं । गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोधमा मोरक्को देशको राजधानीमा हजारौं मानिसहरुले विरोध गरेका छन् ।
यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो । प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भई मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गर्दै प्रदर्शनी गरेका हुन् । इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म एक हजार तीन सय ३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ । तीन हजार दुई सय ९७ जना घाइते भएका छन् ।