गुप्तचरभित्र जोशीको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र राजनीतिमा गुप्तचरको जागिर गजबको छ, जहाँ सभापति शेरबहादुर देउवाका पुजारी पुत्र ओम जोशीको फूर्ति चर्को छ । जनयुद्ध कालमा यिनैलाई सजिलो ठाउँमा राख्न शेरबहादुर देउवाले देवीराम शर्मालाई निकै नम्रताका साथ आग्रह गर्दै केटो सोझो छ विचार गरिदिनु है भन्थे । देउवाले दमन गरेर उत्पन्न भएको त्यो विद्रोहमा नेकपा एमालेले फाइदा लिने र आफूलाई रिस उठेका मान्छेको जासुसी गथ्र्यो । पत्रकारमा राजेन्द्र गौतम त्यो काम गर्थे ।

गौतमको उजुरीले संकटकालमा पनि पत्रकार महासंघको नेतृत्व सुम्पन तयार एक पत्रकारकै झन्डै इहलिला हुनेवाला थियो । लेखेर खाने गरेका, विचारमा एमालेभन्दा पृथक भएपनि ती पत्रकार बचाउन कांग्रेसका गोविन्दराज जोशी तत्कालीन रक्षा सचिव स्व. चक्रबन्धु अर्याल सफल भए । गुप्तचरका त्यो बेलाका प्रमुख देवीराम शर्मा यहाँ साक्षी छन् । अहिले तिनै शर्मालाई उनै जोशीले आफू प्रमुख हुने दाबी गर्दै सघाउन आग्रह गरेको चर्चा छ ।

हुतराज थापाको पदावधि अब धेरै छैन थापाले पहिला लथालिङ्ग बनाए आफ्ना छानेर फाइल बढुवा गर्दा नियम हेरेनन् । आफैले बिगारेको संरचना सपार्न हुतराज अहिले लागिपरेका छन् । त्यो खटाई बिर्खिएको अवस्था छैन । उनलाई टेकेन्द्र काका र ओम जोशी जो प्रमुख भएपनि स्वाद छैन । किनकि उनीहरू कांग्रेसी हुन् । जोशी देउवाका पुजारी पुत्र गृहमन्त्री रमेश लेखकका फुपुका छोरा, कार्की उपसभापति पूर्णबहादुर खड्काका विश्वास पात्र सुर्खेतका हुन् ।

गुप्तचरमा गोविन्दराज जोशी, भूमि पाठक, रामचन्द्र पौडेलका पप्पु शर्मा नामका दुई एसएसपीको कोलाहल चर्किन्छ । प्रचार युद्ध यिनको चल्छ । पाठक तल्लो तहबाट आएर गुप्तचरबाटै अर्बपति हुँदा पौडेल जहाँ त्यहाँबाट ठक्कर खाएर पनि हिम्मत नहार्ने अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *