काठमाडौं । सुशीला कार्की नेतृत्वका मन्त्रीहरू धमाधम चुनावी मैदानमा होमिरहेका छन् । निर्वाचनमा होमिने मन्त्रीहरुमा कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्तादेखि महावीर पुनसम्म चुनावमा होमिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्गनामले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै चाबहिल, भक्तपुर र ललितपुरका मालपोत हाकिम हटाएका छन् । उनीहरुबाट मासिक रुपमा २५ देखि ३० लाख असुली गर्दै आएका भक्तपुर, चाबहिल र लगनखेलका मालपोत प्रमुखहरु हटाएर ललितपुर मालपोतमा भीमबहादुर बुढालाई पठाइएको छ । भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरको प्रमुखमा अर्जुन राईलाई पठाइएको छ ।
लमजुङको प्रमुख मालपोत अधिकृतमा हरिकृष्ण सुवेदी र चन्द्रनिगाहपुर रौतहटको प्रमुख मालपोत अधिकृतमा दिपेन्द्रकुमार खत्रीलाई खटाइएको छ । भूमि मन्त्रालय स्रोतका अनुसार, उपसचिवको दरबन्दी रहेका देशभर ८ वटा मालपोत कार्यालय प्रमुख मालपोत अधिकृतबिहीन भइरहेका छन् । जहाँ निमित्तले मालपोत चलाइरहेका छन् । जसमा सिराहा, सप्तरी, धनुषाको ढल्केबर, सर्लाहीको मलंगवा मालपोत लुम्बिनी प्रदेशको रूपन्देही, भैरहवा र बुटवल, दाङको लमही र कर्णाली प्रदेशको भूमिसुधार तथा मालपोत कार्यालय, सुर्खेत समेत निमित्तको भरमा चलिरहेको छ । निमित्त हाकिम राखेर भष्टचार गर्ने प्रवृत्तिलाई मन्त्रीले नजर लगाउनुपर्ने बिषय कर्मचारीभित्रैबाट उठ्न थालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मतहतको मालपोतमा अहिले पनि भण्डारीत्रयकै राज चलिरहेको छ । जसमध्येका एक हुन लोक बहादुर भण्डारी । ०२५ सालका लोक, ०२६ सालका देवी र ०२८ सालका शेर, तिनै भाइ लामो समयदेखि मालपोतमा जरा गाढेर बस्दै आएका उपसचिव हुन । यस अघि लोकबहादुर भण्डारी दमक मालपोतका प्रमुख थिए । केही बर्ष अघि उनकै भाइ प्रमुख थिए । ०५३ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका भण्डारीले जागिरे जीवनमा व्यतित गरेका २७ मध्ये २४ बर्ष मालपोतमा बिताएका थिए । दमक, सुनसरी, ललितपुर हुँदै डिल्लीबजार मालपोतमा बसे । विशेष बढूवाबाट उपसचिवमा उक्लिएपछि छोटो समय उपराष्ट्रपति कार्यालय, इलाम नगरपालिका, प्रदेश सभा सचिवालयमा बसेर सेवा गर्नेे बाहेक जागिरे जीवनका बाँकी समय मालपोतमै बिताएको थिए ।
उनको पिआइएस खोतल्दा भेटिन्छ । मालापोत काभ्रेपलाञ्चोकको हाकिम हुँदै ०७७ साल चैत्रमा मोरङ्ग मालपोतका हाकिम हुन गएका थिए । उनी भक्तपुर मालपोतका प्रमुख हुँदा ज्वाई डम्बर कार्कीलाई समेत भित्र्याएका थिए । मन्त्रालयले पटक पटक उनको सरुवा त्यहाँबाट गराएता पनि प्रशासकीय अदालतलाई प्रयोग गरेर उनले सरुवा थमौती गराएका छन् । एउटै कर्मचारी जागिर खाएको २० बर्षसम्म मालपोतमै जरा गाँढेर बसिरहँदा के हेरिरहेछन् मन्त्री कुमार इङ्गनाम, अहिले प्रश्न गर्दैछन् । भण्डारीका तीन भाइमध्ये अहिले पनि दुईभाइ मालपोत कार्यालयका प्रमुख छन् एक जना मालपोतबाट रिङ्ग आउट भएका छन् । जसमध्ये भण्डारी अहिले झापास्थित दमक मालपोतका प्रमुखको भूमिकामा रहेका छन् ।
निजामती सेवा नियमावलीमा क बर्गको कार्यालयबाट क मै सरुवा नहुने प्रावधान राखिएको भएता पनि यस्ता ऐन कानुन भण्डारी दाजुभाइको हकमा भने लागू भएको छैन् । भण्डारी उपत्यका भित्र प्रमुख भइरहने भएकाले प्रशासन क्षेत्रमा उनलाई मालपोतका रैथानेको संज्ञा दिने गरिएको छ । भण्डारीकासबै दाजुभाइलाई मालपोतका रैथाने कर्मचारीको रुपमा हेर्ने गरिन्छ । भण्डारीको जागिरे जीवनको क्रममा धरैजसो उपत्यकाका कार्यालयमा बसेका थिए । कहिलेकाहीँ छोटो समयमा उपत्यका बाहिर गए भने बुटवल, चितवन, विराटनगर, झापा जस्ता सुगम र आकर्षक ठाउमा बस्ने गर्दछन् । भण्डारी अद्भूत कलाका धनी मानिन्छन्, भण्डारी तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जीता श्रेष्ठको पालामा उनले ढाकाको सारी खरिद गरेर आफैंले मन्त्रीलाई पु¥याएका भूमिका कर्मचारीहरुले बिर्सिएका छैनन् । त्यसपछि उनको सरुवा रोजेकै ठाउँमा भएको थियो ।
भण्डारी भक्तपुर, रुपन्देही हुँदै डिल्लीबजार मालपोत कार्यालयमा सरुवा भए । मन्त्री, सचिव र पहुँचवाला कर्मचारी रिझाउने कला उनले आफ्ना दुबै भाइ देवी भण्डारी र शेर भण्डारीलाई पनि सिकाएका कारण उनीहरु मालपोतमै घुम्ने अवसर पाइरहने कर्मचारी हुन । दमक मालपोतमा समेत लेखापढी व्यवसायीलाई अगाडि सारेर भण्डारीले मासिक रुपमा २० देखि २५ लाखसम्म असुली गरिरहेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सतर्कता केन्द्रमा उजुरी परेको छ । सधैँजसो विवादमा आइरहने दमक मालपोत कार्यालय त्यही कार्यालय हो, जसले रोक्का राखिएको जग्गा बिक्री गर्ने देखि दमक बालुवाटार गगन पुरी जग्गा काण्ड घटेको ताजै रहेको छ ।
यस कार्यालयमा रजिष्ट्रेसनको मूल्याङ्कन भिडाउने खरिदार सन्तोष लुँइटेल र नायब सुब्बा बिनोद अधिकारीले मूल्याङ्कन रकम तल माथि पारि मासिक लाखौको राजस्व हिनामिना हुँदै आएको उजुरी सतर्कता केन्द्र र अख्तियारसम्म पुगेको छ । त्यहाँ केही भुसेवा तथा लेखापढी व्यवसायीहरूसँग साँठगाठ गरी एडमिनको हैसियतले कम्प्युटरमा भएको घरजग्गाको पुरानो थैली अङ्कलाई विद्युतीय संशोधन मार्फत हटाई अकुत सम्पत्ति जोड्न सफल भएका छन् ।
संशोधनले राज्यलाई लाभकर तथा राजस्व ठगिले गर्दा करोडौको घोटला भएको छ । केही वर्ष अगाडि घटना अहिलेसम्म पनि गुपचुप राखिएको छ जसमा रोक्का रहेको जमिनलाई कर्मचारीको मिलिमतोमा बेचबिखन गरी पछि बैंकले सोध्दै आउँदा करिब ९३ लाख रुपैयाँ कर्मचारीबाट बैंकलाई असुल उपर गरी पछि मात्र बैंकले जमिनलाई फुकुवा गरिदिएको घटना भित्रभित्रै मिलाइएको चर्चा छ । मोठफाट तथा कम्प्युटर शाखाबाट समेत सेवाग्राही तथा लेखापढी व्यवसायीहरूसँग अनेक बहानाबाजी गरी पैसा उठाउन गरेका छन् । यस्ता कार्यालय प्रमुख र त्यहाँका अन्य कर्मचारीहरुलाई समेत मन्त्रीले सरुवा गर्नु पर्ने आवाज कर्मचारीहरुले उठाउन थालिएको छ ।

