काठमाडांै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकल कृपाले टिकट पाएका कतिपय उम्मेदवारले जिल्ला पार्टी समन्वय गर्न सकेका छैनन् । अध्यक्षले जिल्लाको भूगोल र कार्यकर्ताको चाहनाबिपरीत आफ्नो सेवकलाई टिकट दिँदा पार्टीले पाएको धोका मनाङले लर्जङ्ग पारेको छ । राप्रपा, एमाले र रास्वपाका उम्मेदवारलाई त्यहाँ कांग्रेसका उम्मेदवार टेकबहादुर गुरु«ङले किनेका छन् । अध्यक्ष ओलीकै कारण गोरखामा मिलन गुरुङ उर्फ चक्रेमिलन जस्ता व्यक्तिलाई एमालेको नेतृत्व लिँदा जिल्लामा खटेका नेता, कार्यकर्ताले अब जनताको अगाडि टाउको कसरी उठाउने भन्ने शंका छ । मनाङमा कांग्रेसका टेक बहादुर गुरुङ र नेकपाबाट यशोदा सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।
एमाले अध्यक्ष ओली आफ्नै कारण आलोचित भएका छन् । ओली पूख्र्यौली थलो तेह्रथुमहुँदै झापामा सरे तापनि भक्तपुर २ का मतदाता हुन् । ओलीको आफूले आफैंलाई मत दिन नपाउने अवस्था छ । त्यसकारण रास्वपाका उम्मेदवार बालेन साहलाई थातथलो नभएको भनेर आलोचना गर्न ओलीले सुहाउँदैन । आफैले खेदेकी झापाकी चेली तत्कालीन उप–सभामुख इन्दिरा राना झापा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी छिन् । ओलीको असल सहयोगी तथा तत्कालीन सभामुख देवराज घिमिरेबीच प्रतिस्पर्धा गर्दैछिन् । उम्मेदवारले अर्काको कुरा काट्दा आफ्नो धरातल बिर्सनुहुँदैन । ओलीबाट त्यो अपेक्षा कसैले गरेका थिएनन् । भएका नेता, कार्यकर्ता मिलाउनुको सट्टा शत्रुता ठान्नु राम्रो होइन । मनाङमा रास्वपाका उम्मेदवारले मनोनयन दर्तासमेत गरेनन् । एमालेका पाल्देन सोताङ गुरुङ उम्मेदवार बनेका थिए ।
राप्रपाका कुवेर सिंह गुरुङले पनि नाम झिकेर टेकबहादुरको चास्नीमा रमाएका छन् । प्रदेशमा दीपक मनाङ्गे निर्विरोध हुनुको कारण त्यहीँ हो । पार्टीको नाममा टिकट लिने र कमाई गर्ने भाँडो बनाउने थुप्रै छन् । मनाङ त्यसमा पहिलो हो । माओवादीमा यो धन्दा चलाउनेलाई दीनानाथ शर्माले चलाउन जानेका छन् । शर्मा समानुपातिक सांसद भए । डा. बाबुराम प्रधानमन्त्री बन्दा उनी शिक्षामन्त्री भएर राम्रै कमाए । छोरा–छोरीले पनि सचिवालयमा बसेर शैशिक माफियाको सेवा गरेर डाक्टर पढ्ने विद्यार्थीको कोटा बेचेर राम्रै कमाइ गरेका थिए । कम्युनिस्ट नेताहरु आर्थिक रुपमा बद्नाम बढी हुनुको कारण नै घुस खाने, कमिसन लिने विचौलियाको सेवा गर्ने र जनतालाई दुःख दिने प्रवृत्ति हावी हुनुहो ।

